६ जेष्ठ २०८१, आईतवार

 

२०७६ सालको पात्रोः चाड र सार्वजनिक बिदा कहिले ? (पात्रोसहित)

काठमाडौं । नव वर्ष २०७६ सालको पात्रो सार्वजनिक भएको छ । तोयनाथ पञ्चाङ्ग पात्रो अनुसार साउन २० गते नागपञ्चमी र ३० गते रक्षा बन्धन अर्थात जनैपूर्णिमा छ । दशैंको टीका असोज २१ गते परेको छ । तिहारको भाइटीका र गोवर्धन पूजा कात्तिक १२ गते एकैदिन परेको छ ।

हरितालिका तीज भदौ २६ गते छ । असोज १२ गतेबाट नेपालीहरुको महान चाड बडा दशैं सुरु हुने छ । १८ गते शनिबारको दिन फूलपाती परेको छ । २१ गते मंगलबार टीका र २६ गते आइतबार कोजाग्रत पूर्णिमा छ ।

कात्तिक ८ गतेबाट दोस्रो ठूलो चाड तिहार शुरु हुने छ । कात्तिक ८ गते यमदीप दान गरेपछि ९ गते शनिबार काग तिहार, १० गते कुकुर तिहार, ११ गते लक्ष्मी पूजा परेको छ । १२ गते गोवद्र्धन पूजा र भाइटीका एकैदिन परेको छ । २०७६ सालको कात्तिक १६ गते छठ पर्व परेको छ । यस्तै फागुन ९ गते महाशिवरात्री र २६ गते होली पूर्णिमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्