
कैलाली । कैलालीको अत्तरियामा ढुंगाले हानेर एक व्यक्तिको वीभत्स हत्या गरिएको छ । गोदावरी नगरपालिका -४ स्थित वसन्तपुर सामुदायिक वनभित्र शनिबार बिहान रक्ताम्य अवस्थामा एक पुरुषको शव फेला परेको हो ।
कैलाली जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल विष्टका अनुसार अत्तरियाकै खैरना गाउँ जाने कच्ची सडक छेउ जंगलभित्र ती व्यक्तिको शव भेटिएकाे हाे । अहिलेसम्म ती व्यक्त्रिकाे परिचय खुल्न सकेको छैन। अनुहार र टाउँकोमा गम्भीर चोट देखिएकाले ढुंगाले हानेर हत्या गरिएको हुन सक्ने प्रहरीले आंशका गरेको छ ।
जनै लगाएका ती व्यक्ति बाहुन, क्षत्री समुदायको हुनुपर्ने अनुमान गरिएको उनले बताए। ती व्यक्तिको शव निर्वस्त्र अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान प्रहरीले थालेको छ ।