काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पत्नि सीताको उपचारका लागि आज अमेरिका जाँदैछन् । दाहाल पत्नी सीताका साथ छोरीज्वाइ समेत अमेरिका जान लागेको उनको निजी सचिवालयले जनाएको छ।
प्रचण्ड दम्पतिसँगै छोरीज्वाईं गंगा र जीवन आचार्य अमेरिका जाने सचिवालयले जानकारी गराएको छ । पत्नी सीतालाई पार्किन्सन आशंका गरिएपनि नेपाल, भारत तथा सिंगापुरको उपचारबाट कुनै कमी नआएपछि उपचारका लागि अमेरिका जान लागेका हुन् । सीता मधुमेह र उच्च रक्तचापबाट समेत पीडित छन्।
साँझ ५ बजे इतिहाद एयरवेजस् मार्फत अमेरिका प्रस्थान गर्ने सचिवालयले जनाएको छ । सीताको अमेरिकाको जोन हकिङ्स् अस्पतालमा उपचारको प्रवन्ध मिलाइएको छ । दाहाल दम्पतिका एक मात्र सुपुत्र प्रकाशको गतवर्ष निधन भएपछि सीतामा बेहोस हुने रोगले चाप्दै गएको हो । उनको उपचारका लागि प्रचण्ड स्वँयमले गत असोज सिंगापुर लगेका थिए।
त्यसअघि गत असारमा पनि सीताको सिंगापुरमा उपचार भएको थियो। अस्पतालमा उपचारका क्रममा सीतालाई प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पिएसपी) प्रमाणित भएको थियो। गत असारमा समेत दाहाल परिवार उपचार क्रममा सिंगापुर पुगेर फर्किएको थियो ।



















































































































































































































