काठमाडौं । सोमबार बिहान पनि राजधानीमा भुइँचालो गएको छ । ९ बजेर १ मिनेट जाँदा चित्लाङ केन्द्र बिन्दु बनाएर राजधानीमा भुइँचालाे गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ०७२ साल पछिका सबै धक्का पराकम्पका हुन् । ०७२ बैशाख १२ गते गोरखा केन्द्रबिन्दु बनाएर गएको भुइँचालो कै निरन्तरता भएको केन्द्रको भनाइ छ । एक महिनाको अवधीमा यस्ता पराकम्पका साना धक्का अरु पनि गएका छन् । फागुन १४ गते एकै दिन पाँच मिनेटको अन्तरमा दोलखा र सिन्धुपाल्चोकलाई केन्द्र बनाएर दुईचोटि भुइँचालो गएको केन्द्रको रेकर्ड छ । केन्द्रका अनुसार गोरखा ,दोलखा,सिन्धुपाल्चोक, ललितपुर र काठमाडौं केन्द्र बिन्दु बनाएर पराकम्प जाने क्रम जारी छ ।



















































































































































































































