काठमाडौं । बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा सलग्न भएको आंशकामा २ जना पक्राउ परेका छन् । अनुसन्धानमा खटिएको प्रहरी टोलीले दुई जनालाई अछामबाट पक्राउ गरेको हो।
पक्राउ परेकाहरुको नाम ठेगाना भने प्रहरीले गोप्य राखेको छ। उनीहरुको बयान शंकास्पद देखिएपछि थप अनुसन्धान र डिएनए परीक्षणका लागि काठमाडौं ल्याउने तयारी गरिएको स्रोतले जानकारी दियो।
गत साउन १० गते साथीको घर जान्छु भनेर निस्किएकी बालिका पन्त भोलिपल्ट नजिकैको उखुबारीमा मृत भेटिएकी थिइन्।



















































































































































































































