काठमाडौं । कक्षा दशको (एसईई) परीक्षा संचालन भैरहदा बागलुङमा दुखद घटना सार्वजनिक भएकाे छ । परीक्षामा एक छात्रले देह त्याग गर्न पुगेको छन् । उनको देह त्यागको कारण खुल्न नसके पनि त्यसलाई परीक्षासँग जोडेर अनुसन्धान भैरहेको छ ।
एसईई परीक्षामा सहभागी बागलुङ तित्याङका १५ वर्षीय सचिन खड्काले परीक्षा विग्रेको भन्दै देह त्याग गरेको घटना सार्वजनिक भएको हो । चैत १३ गते गणित विषयको परीक्षा बिग्रेको भन्दै आफ्नै ठूलोबुबाको घरको वलोमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । सचिन सिगाना मावि विद्यार्थी भएपनि तित्याङ मावि केन्द्रबाट परीक्षा दिइरहेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनका बाबु एक साताअघि मात्रै रोजगारका लागि विदेश गएका छन् ।

एसएलसी विद्यार्थी अनुत्तीर्ण हुँदा आत्महत्याका घटना बढेको भन्दै सरकारले परीक्षा एसईईमा रूपान्तरण गर्यो परीक्षाको नतिजालाई पनि ग्रेडिङ प्रणालीमा लग्यो । तर त्यसो गर्दा पनि आत्महत्या नरोकिएको विज्ञहरुको भनाई छ ।



















































































































































































































