१३ कार्तिक २०८३, बिहीबार

 

सुख्खा पहिरोमा तीन सेना घाइते, दुईलाई हेलिकोप्टरमार्फत काठमाडौं


राजेशचन्द्र राजभण्डारी 
बागलुङ   । काठेखोला गाउँपालिका-८ लेखानी कुर्लिमारेको भीरमा सडकमाथीबाट सुख्खा पहिरो खस्दा नेपाली सेनाका तीन जवान घाइते भएका छन् ।
नेपाली सेनाको अर्जुनवाण गण विहुँ घोँडाबाँधेबाट २० जनाको टोली आज बिहान साढे ९ बजे सडक सफा गर्ने गएकाे थियाे । साेही क्रममामाथीबाट खसेकाे सुख्खा पहिरोमा सेनाका  तीन जवान घाईते भएको अर्जुनवाण गणका प्रमुख सेनानी भुवनराज देवकोटाले बताए ।
प्रमुख सेनानी देवकोटाका अनुसार घाइते मध्य २ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडाैं  पठाईएको  छ भने ,एक जना भने सामान्य घाइते छन् । घाइते सेना पहलमान श्रेष्ठ र सन्तोष कार्कीलाई थप उपचारको लागि वीरेन्द्र सैनिक हस्पिटल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung