१२ कार्तिक २०८३, बुधबार

 

नगर खानेपानी संस्थाको तेस्रो साधारणसभा सम्पन्न

 

बागलुङ । बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको तेस्रो साधारणसभा शनिवार सम्पन्न भएको छ ।

साधारणसभाको बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले एक कार्यक्रमका बीच उदघाटन गरे । उद्घाटन पछि बोल्दै मेयर पौडेलले नगरपालिकामा बिद्यमान खानेपानीको समस्या दिर्घकालिन रुपमै केही बर्ष भित्रै समाधानका लागी पहल भइरहेको बताए ।

अहिले नगर खानेपानी उपभोक्ता संस्था सँग पूर्वाधार निर्माणको काम तिव्र पारिएको उल्लेख गर्दै उनले अब केही बर्षमा बागलुङ नगरपालिका भित्रका प्रत्येक नागरिकलाई शुद्ध खानेपानी खुवाउने प्रतिबद्धता ब्यक्त गरे । अहिले खानेपानीको संकट भएको क्षेत्रमा नगरपालिकाले एक घर एक धारा निर्माण गरेर देखाउन सफल भएको बताए ।

साधारणसभामा संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बागलुङ नगर खानेपानी संस्थाको हाल ३ हजार ६ सय २४ जना उपभोक्ता रहेको भन्दै अहिलेको खानेपानी योजनाबाट पानी अपुग भएपछि संस्थाले ४५ करोडको लगानीमा नयाँ योजना बनाउन शुरू गरिसकेको बताए । नगरमा जनघनत्व बढेसंगै पानी अपुग हुन पुगेको भन्दै लिफ्टिङ प्रणालीबाट पानी ल्याउने काम शुरू भएको हुदा काम योजना सम्पन्न भएपछि बागलुङ नगरमा २५ बर्षलाइ पानी पुग्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य बसन्त कुमार श्रेष्ठ, राप्रपाका जिल्ला अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, कैलाम पोखरी बन उपभोक्ता समितिका अध्यक्ष जयराम भारी, समाजसेवी बिश्वनाथ रेग्मी, उपभोक्ताका तर्फबाट शकुन्तला शर्मा लगायतले बोलेका थिए ।

साधारणसभामा संस्थाका सचिव रामबहादुर केसीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष रामप्रसाद शर्माले प्रस्तुत आर्थिक प्रतिबेदन सुझाव सहित पारित गरिएको छ । कार्यक्रम संस्थाका अध्यक्ष हरि श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष निरज शाक्यको स्वागत र संस्थाका प्रबन्धक हिमाल शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung