३२ असार २०८२, बुधबार

 

नेकपा बागलुङ अध्यक्षमा सापकोटा, सचिवमा गैरे

बागलुङ । पार्टी एकताको घोषणा गरेको एक वर्षपछि नेकपाले पार्टी एकताको अन्तिम रुप सोमबार दिएको छ । ७७ जिल्लामा तल्कालिन नेकपा एमाले र माओवादीका नेता पर्ने गरी एकता टुंगाइएको छ । तत्कालिन एमालेपक्षका अध्यक्ष भए माओवादीपक्षका सचिव र माओवादी पक्षका अध्यक्ष भए एमाले पक्षका सचिव हुने गरी एकता टुंगाइएको हो ।

नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले कम्युनिष्ट दिवसको अवसर पारेर पार्टी एकताको अन्तिम रुप दिएका हुन् ।

नेकपा अध्यक्ष बागलृङमा तत्कालिन एमालेपक्षका इन्द्रलाल सापकोटा र सचिवमा तत्कालिन माओवादीपक्षका ज्ञामनाथ गैरेलाई जिम्मेवारी दिएको छ । जिल्लाका अन्य कमिटीको एकता भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung