२५ असार २०८२, बुधबार

 

आपत्तिजनक तस्बिरको आडमा डाक्टरद्वारा मोडल बलात्कृत

काठमाडौं । एक डाक्टरले ब्ल्याकमेल गर्दै एक मोडललाई पटक-पटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । मुम्बइ पुलिसका अनुसार चिनजानलाई आधार बनाएर बलात्कार गर्ने डाक्टर पक्राउ परेका छन् ।

पुलिसका अनुसार डाक्टरले वर्सोवामा मोडललाई एउटा घर दिनुका साथै डाक्टरले मोडलको अकाउन्टमा केही पैसा समेत पठाउने गरेको खुलासा भएको छ । पीडितको आरोप अनुसार डाक्टरले उनका केही आपत्तिजनक तस्बिर खिचेका थिए । त्यही फोटोको आडमा डाक्टरले आफूलाई ब्ल्याकमेल गर्ने गरेको बताएकी छिन्।

यस्तै पुलिसका अनुसार बलात्कारपछि डाक्टरले पीडितलाई यसबारे कसैलाई पनि नभन्न दबाब दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung