२४ असार २०८२, मंगलवार

 

सम्पन्न भारतको निर्वाचनमा माेदीकै पल्ला भारी : मत सर्वेक्षण

- प्रधानमन्त्रीमा मोदी नै पुनरावृती हुने संभावना

काठमाडौं । भारतमा समपन्न निर्वाचनमा भारतीय जनता पार्टी फेरी पनि अघि रहेको मत सर्वेक्षणहरुले देखाएका छन् । यद्यपी सर्वेक्षणले देखाएको नतिजा सधै ठिक सावित हुन्छ भन्ने ग्यारेण्टी छैन् तर पनि सर्वेक्षणको आकलनलाई यसपटक नर्कान सक्ने अवस्था छैन् ।

बीजेपी सहितको गठवन्धन एनडीएले करिब ३ सय २५ सिट ल्याउनसक्ने अनुमान सहितका सर्वेक्षण परिणाम भारतीय संचार माध्यमले सार्वजनिक गरेका छन् । एक संचार माध्यमका अनुसार कांग्रेस नेतृत्वको महागठवन्धन युपीएले जम्मा १ सय ४५ सिटसम्म ल्याउन सक्ने अनुमानित नतिजा सार्वजनिक गरेको छ । प्रधानमन्त्रीका रुपमा अधिकांश मतदाताले फेरी मोदीलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहन्छन् भन्ने भारतीय कतिपय संचार माध्यमकाे विश्लेषण छ ।

त्यसो त भाजपाले फेरीपनि ‘अब की बार फीर से मोदी सरकार’ नारा बनाएर निर्वाचनमा होमिएको थियो । तर नतिजा पर्खिन मे २३ अर्थात अबको चार दिन मात्र बाँकी छ ।

यस पटकको भारतको निर्वाचन महासंग्रामको रुपमा समपन्न भएको छ । एकातर्फ सत्तापक्ष भाजपा र अर्कातर्फ क्षेत्रिय २२ भन्दा धेरै दलको महागठवन्धन । हुन त भारतको राजनीतिमा यति कस्साकसीकाे निर्वाचन पहिलो भने हैन ।

सन् १९७७ मा ईन्दिरा गांधी विरुद्ध विपक्षीहरुको महागठवन्धन बनेको थियो । त्यसबेला महागठवन्धनले बहुमत पनि ल्यायो । भारतले त्यस अवधीमा ३ वर्षका बीचमा २ नयाँ प्रधानमन्त्री पनि पायो । मोराजी देसाइ र चरण सिंह चौधरी । तर उनीहरुको सरकार ३ वर्ष मात्र टिक्यो । अन्तत: फेरी देश निर्वाचनमा गयो ।

सन् १९८० को निर्वाचनसँगै ईन्दिरा फेरी वहुमतका साथ सत्तामा पुनरावृतत्ति भइन् । त्यो इतिहास अनुभव गरेका भारतीय मतदाताले प्रधानमन्त्री मोदीका विरुद्ध शसक्त उम्मेदवार विनाको महागठवन्धनलाई मतदान गर्नै बेलामा पूर्ण विश्वास गर्न नसकेको पक्कै हो । निर्वाचन तिथि तोकिरहँदा कमजोर रहेको भाजपा निर्वाचनको अन्तिम मतदान सम्पन्न हुदाँका बखत शसक्त सत्ताको दावेदार देखिएको छ । नतिजा कुर्न मे २३ पर्खनै पर्ने हुन्छ ।

महागठवन्धनले शसक्त व्यक्तिलाइ निर्वाचनमा आफ्नो पक्षको नेता स्वीकार गर्न नसक्नु उनीहरुको कमजोरी भनेर औल्याउन सकिन्छ । कांग्रेस अध्यक्ष राहुलले युपीएको नेतृत्व गरिरहँदा निर्वाचनमा कतिपय राज्य र निर्वाचन क्षेत्रमा भाजपा विरुद्ध शसक्त मोर्चा कायम गर्न नसक्नु उनको कमजोरी देखिन्छ । जस्तै राजधानी दिल्लीको निर्वाचनमा महागठवन्धनका तर्फबाट सहमती जुट्न नसक्नु ।

बनारसमा प्रधानमन्त्री मोदी विरुद्ध महागठवन्धनका तर्फबाट एकल साझा उम्मेदवार तय गर्न नसक्नुले जनताले फेरी पनि मोदीको विकल्प नरहेको महशुस गर्न वाध्य रहेको स्वयंम भारतीय राजनीतिज्ञको विश्लेषण छ । देश कतै फेरी सन् १९७७ को जस्तो अस्थिर अवस्थामा जान्छ कि भन्ने चिन्ता पाका मतदातामा देखिएको भारतीय राजनीतिक विश्लेषक डा. सुर्दशन आयंगर बताउँछन् ।

उनले भने ‘मतदाताले भाजपालाई नचाहँदा नचाहँदै महागठवन्धनको चुनावी गणित फेल हुदाँ भाजपाका पक्षमा फेरी माहौल देखिएको छ । तर परिणाम पर्खनै पर्नै हुन्छ । ’कुल ५ सय ४३ स्थानका लागि भएको निर्वाचनमा सरकार बनाउन २ सय ७२ स्थानमा जितको आवश्यक पर्छ । अघिल्लेा पटक भाजपाले एक्लै २ सय ८२ स्थानमा जित हात पारेको थियो । भाजपा सहितको एनठीए गठवन्धनले निर्वाचनमा ३ सय ८२ स्थान हात पारेको थियो । यसपटक त्यही अवस्था पुनरावृती हुने अनुमान भाजपाको छ । कांग्रेसले भाजपा मुख्य प्रतिपक्षी बन्ने र महागठवन्धनले सरकार बनाउने दावी गर्दै आएको छ । यद्यपी परिणाम आएपछि कसको सरकार बन्छ ? भन्ने कुरा अनि मात्र प्रमाणित हुनेछ।
(एजेन्सीको सहयोगमा )

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung