
काठमाडौं । ८ दिनदेखि बेपत्ता रहेको भारतीय वायु सेनाको विमानको टुक्रा भेटिएको छ । बेपत्ता रहेको भारतीय सेनाको एएन–३२ विमानको टुक्रा मंगलबार अरुणाञ्चल प्रदेशमा भेटिएको हो ।
भारतीय वायु सेनाको एमआई–१७ हेलिकप्टरले अरुणाञ्चल प्रदेशको सियाङ जिल्लामा विमानको टुक्रा देखेको भारतीय वायु सेनाले ट्वीटमार्फत जानकारी दिएको छ । विमानमा ८ जना क्रू मेम्बर र पाँच जना यात्रुसहित १३ जना चढेका थिए । यसमा रहेका यात्रुको अवस्थाका बारेमा भने जानकारी लिने प्रयास भैरहेको छ ।
यो जहाजले गएको जुन ३ मा असमको जोरहाटबाट उडान भरेको थियो । उडान भरेको आधा घण्टामै जहाज सम्पर्कविहीन भएको थियो । हराइरहेको जहाजको खोजी इण्डियन स्पेस रिसर्च अर्गनाइजेसनको सहयोगमा भारतीय वायु सेनाको विमान सी–१३०, एएन–३२ एस, एमआई–१७ लगायत भारतीय स्थल सेनाको आधुनिक हेलिकप्टरमार्फत गरिएको थियो ।
यसअघि तीन वर्ष पहिले भारतीय वायु सेनाको एएन ३२ विमान पनि हराएको थियो । जसमा भारतीय वायुसेनाका १२ जवान, ६ क्रू मेम्बर, एक नौसैनिक, एक सेनाका जवान र एकै परिवारका ८ जना सदस्य थिए ।
The wreckage of the missing #An32 was spotted today 16 Kms North of Lipo, North East of Tato at an approximate elevation of 12000 ft by the #IAF Mi-17 Helicopter undertaking search in the expanded search zone..
— Indian Air Force (@IAF_MCC) June 11, 2019