२१ भाद्र २०८३, आईतवार

 

श्रीमतीसँग सुमधुर सम्बन्ध बनाउने यी हुन ८ तरिका

श्रीमान श्रीमतीबीचको सुमधुर सम्बन्ध बनाउनु दुई जनाकै भूमीका महत्वपुर्ण हुन्छ । दुईजनाले नै एक अर्कामा विश्वासका साथ अघि बढ्ने हो भने सम्बन्ध बलियो बनाउन सकिन्छ ।

यहाँ हामीले यस्ता केही उपाय उल्लेख गरेका छौं जहाँ श्रीमान र श्रीमतीबीचको मतमुटाव साम्य हुनसक्छ । अनि सुमधुर र आत्मिय सम्बन्ध विस्तार हुनसक्छ । यो तपाईंका लागि पनि उपयोगी छ कि ?

१.यदि तपाईंलाई श्रीमतीमाथि शंका छ भने श्रीमतीलाई फ्री नछोड्नुहोस् । श्रीमतीका हरेक भनाइमा विशेष ध्यान दिनुहोस् । अनावश्यक खाली समय भयो भने पनि श्रीमतीहरुको मन बहकिन सक्छ त्यसैले श्रीमतीलाई व्यस्त राख्नुहोस् ताकी उनले दिमागमा नानाथरी कुरा खेल्न नपाओस् ।

२. श्रीमती के गर्दै छिन्, कहाँ जाँदै छिन् किन जाँदै छिन्, को सँग जाँदैछिन् भन्ने जस्ता कुरामा विचार पुर्‍याउनुस् । तपाईंले आफ्नो श्रीमतीलाई धेरै माया गर्छु भन्दैमा अन्धभक्त भएर विश्वास गर्नु पनि ठीक हुँदैन । यसको मतलव धेरै शंका गर्नु पनि राम्रो होइन ।

३. सकेसम्म श्रीमतीलाई घरमा एक्लै नछाड्नुहोस् । यति तपाईं वैदेशिक रोजगारी या बाहिर कतै जाँदै हुनुहुन्छ भने श्रीमतीलाई घरपरिवारसँगै राख्नुहोस् ।

४. आमाबाबुको सबै कुरा सुन्नुहोस् । किनकी उनीहरुले तपाईं र तपाईंको कु भलो हुने कुरा कहिल्यै बोल्नुहुन्न ।

५.तपाईको फोनको श्रीमतीले कस्तो रेस्पोन्स गर्छिन् । त्यसप्रति पनि तपाई सचेत हुनुपर्छ । तपाईले फोन गर्दा उनले तरिकाले बोलेकी छिन् रु बोल्दा बोल्दै एकासी झर्किने, रिसाउने गर्छिन् भने पनि शंका गर्ने ठाउँ उत्पन्न हुन्छ ।

६.कहिलेकाहीं श्रीमतीलाई अभावमा पनि बाँच्न सिकाउनुहोस् । तर, त्यसो भन्दैमा धेरै कष्ट भने दिनुहुँदै । धेरै माया गरेर सबै पैसा श्रीमतीलाई नै पठाउनुहुन्छ त्यसको हिसाब किताब केही राख्नुहुन्न माग्नुहुन्न भने कहिलेकाहीं त्यो पैसा गलत काममा पनि प्रयोग हुन सक्छ ।

७. एउटा विचार गर्नुपर्ने कुरा तपाईंकी श्रीमती कतिको चुलबुले छिन् ? यदि चुलबुले छिन् भने अलि ख्याल गर्नुहोस्, किन कि महिलाहरु जति चुलबुले हुन्छन त्यतिनै यौनका प्यासी पनि । त्यसैले त्यस्तो अवस्थामा तपाईंले समय दिनुभएन भने जे पनि हुनसक्छ ।

८.श्रीमतीलाई समय दिनुहोस् : साथि भाइ, कार्यालय, कामकाम मात्र पनि नभन्नुहोस् । तपाईंले श्रीमतीलाई पनि समय दिनु आवश्यक हुन्छ । बिदाको समयमा घुमाउन लैजाने, कहिले काहीं सरप्राइज उपहार दिने काम गर्नुहोस् । जसका कारण श्रीमतीको तपाईं प्रतिको माया झनै गाढा भएर जानेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung