१८ बैशाख २०८१, मंगलवार

 

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुस्

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार अपरान्ह सार्वजनिक भएको छ ।

केही बेर अघि बसेको राष्ट्रिय परीक्षा बोर्डकाे बैठकपछि नतिजा सार्वजनिक भएकाे हाे । बैठकपछि बोर्डले पत्रकार सम्मेलन मार्फत नतिजा सार्वजनिक भएको जानकारी गराएको छ ।

यस वर्षको एसईई परीक्षामा १६ हजार ८२ ले ए प्लस ल्याएका छन्। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार नतिजा प्रकशित गरेको हो। प्रकाशित नतिजाअनुसार ए प्लस ल्याउनेमा ९ हजार ५९६ छात्र र ७ हजार २८६ छात्रा छन्।

यस्तै, ४ हजार ९६० ले ए जीपीए ल्याएका छन्। जसमा २७ हजार २७९ छात्र र २१ हजार ६८१ छात्रा रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। यस्तै, ७४ हजार ११० ले बी जीपीए ल्याए। जसमा ३९ हजार ९५ छात्र र ३५ हजार ५० छात्रा छन्।

यसरी हेर्न सकिन्छ नतिजा 
एसइईको नतिजा विभिन्न वेबसाइट, एसएमएस र आइभिआरबाट थाहा पाउन सकिन्छ । परीक्षा नियन्त्रण कार्यालयले शिक्षा मन्त्रालयको वेबसाइट www.moest.gov.np, शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट www.see.gov.np, नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.np र राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np बाट नतिजा हेर्न सकिने जनाएको छ । यस्तै, नेपाल टेलिकमका ग्राहकले १६०० डायल गरी वा एनसेल र टेलिकम दुवैका ग्राहकले १६०० मा एसएमएस गरी नतिजा थाहा पाउन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्