२ कार्तिक २०८३, आईतवार

 

बाढीपहिरोमा बढ्दै मानवीय क्षति

- मृतक-संख्या ६७ पुग्यो, ३० जना अझै बेपत्ता

देशका विभिन्न भागमा बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या सोमबार ६७ पुगेको छ ।

मृतकमध्ये २६ जना महिला ४१ जना पुरुष रहेको नेपाल प्रहरीका तथ्यांक छ । पछिल्लो विवरणमा कम्तीमा ४३ जना घाइते र ३० जना बेपत्ता छन् । बेपत्ता हुनेमा १२ महिला र १८ पुरुष छन् ।
अहिलेसम्म १ हजार ४ सय ४६ जनाको सकुशल उद्धार गरिएको छ ।

सोमबार मध्याह्नसम्म प्रदेश १ मा ७ महिला र १३ पुरुष गरी २० जनाको मृत्यु भएको छ । प्रदेश २ मा दुई महिला र १६ पुरुष गरी १८ जनाको मृत्यु भएको छ । प्रदेश ३ मा मृतकसंख्या १७ छ जसमा महिला १३ र पुरुष ४ जना छन् ।

प्रदेश ५ मा २ पुरुषले ज्यान गुमाएका छन् । एक जना पहिरोमा परेका हुन् भने अर्कालाई खोलाले बगाएको हो । कर्णाली प्रदेशमा बाढीका कारण मृत्यु हुनेको संख्या २ पुगेको छ । १ पुरुष र १ महिला छन् ।

प्रहरीका अनुसार काठमाडौंमा ३, ललितपुरमा ५, खोटाङमा ३, पाँचथरमा १, इलाममा १, झापामा २, उदयपुरमा २, भोजपुरमा ५, ओखलढुंगामा ४, सुनसरीमा १, मोरङमा १, पर्सामा २, बारामा २, रौतहटमा ५, महोत्तरीमा २, सिराहामा ४, धनुषामा ३, काभ्रेमा ३, रामेछापमा १, सिन्धुलीमा ४, मकवानपुरमा ६, धादिङमा २, चितवनमा १, पाल्पामा १, दाङमा १ र डोल्पामा २ जनाले ज्यान गुमाएका छन् ।
उपत्यकामा ९, प्रदेश १ मा १६, प्रदेश २ मा ५, प्रदेश ३ मा १३ जना घाइते भएको प्रहरीको तथ्यांक छ ।

त्यस्तै बेपत्ता हुनेमा उपत्यकामा २, प्रदेश १ मा ८, प्रदेश २ मा ५, प्रदेश ३ मा ५ जना, प्रदेश ५ मा एक र कर्णाली प्रदेशको डोल्पामा ९ जना छन् ।

स्रोत: नेपाल प्रहरी

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung