२ कार्तिक २०८३, आईतवार

 

तीन दिनसम्म देशभर वर्षाको सम्भावना

आगामी बिहीबारसम्म देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली भई मेघ गर्जनसहित वर्षा हुने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिनसम्मको मौसमी अवस्थाबारे जानकारी दिँदै देशभर मेघ गर्जनसहित सामान्यदेखि मध्यम वर्षा हुने जनाएको हो।

महाशाखाका अनुसार मंगलबार बिहानदेखि देशका पूर्वी र मध्य भूभागका धेरै स्थान तथा पश्चिमका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

केही दिनयता बंगालको खाडीबाट अएको जलवाष्पयुक्त हावाको प्रभावका कारण देशभर मनसुनी गतिबिधि बढिरहेको महाशाखाको भनाई छ। महाशाखाका अनुसार भोलि बुधबार पनि देशभर मौसम बदली भइ वर्षा हुने र बिहीबारदेखि भने मौसममा सामान्य सुधार आउन सक्नेछ ।

आगामी २४ घण्टा देशका मध्य र पश्चिमका धेरै स्थान तथा पूर्वका केही स्थानमा मेघ गर्जन र चट्याङसहितको वर्षा हुने साथै मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहिरो जान सक्ने, नदिमा पानीको वहाब बढ्न सक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung