३ कार्तिक २०८३, सोमबार

 

मनसुन अझै सक्रिय, कस्तो रहला आजको मौसम ?

फाइल तस्बिर

मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतर्फ सरेकाले मनसुनको समय लम्बिने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भागमा र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा न्यून चापीय प्रणाली विकसित भएकाले अझै वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ।

हाल देशका अधिकांश क्षेत्रमा सामान्य बदली भई केही स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतबार दिनभरि देशभरि सामान्यदेखि पूर्ण बदली हुनेछ । मनसुनी गतिविधि सक्रिय नै रहेकाले केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

यसैगरी राति पनि देशभरि सामान्यदेखि पूर्ण बदली हुने र केही स्थानमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung