
मंगलवार देशभरको मौसम आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलवार दिउँसो देशभरी नै आंशिक देखि सामान्य बदली हुने र मध्य र पूर्वका केही स्थान तथा पश्चिम पहाडी भेगका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
मंगलवार राती पनि मध्य तथा पूर्वी क्षेत्रका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।