२ कार्तिक २०८३, आईतवार

 

मौसम पूर्वानुमान महाशाखाले निकाल्यो सूचना

गएको वर्षभन्दा ढिलो गरी शुरु भएको मनसुन शनिबारदेखि बाहिरिएको छ ।

सामान्य समयभन्दा १० दिन ढिलो गरी असार ५ गते नेपालको पूर्वी भागबाट प्रवेश गरेको मनसुन शनिबारदेखि औपचारिक रुपमा बाहिरिएको मौसम पूर्वानुमान महाशााखाले जनाएको छ । यो वर्ष मनसुनको आगमन औसतभन्दा १० दिन ढिलो भएको थियो भने बहिर्गमन औसतभन्दा १९ दिन ढिलो भयो । औसतमा पूर्वी नेपालमा १० जूनमा र काठमाण्डौमा १२ जूनमा मनसुनी वायुवर्षा आइपुग्ने गर्दछ ।

मनसुन बाहिरिएसँगै अब तापक्रम घट्दै जाने र पानी नपर्ने मौसमविद् बरुण पौडेलले जानकारी दिए । सामान्यतया सेप्टेम्बर २३ अर्थात असोज ६ गतेतिर नै मनसुन बाहिरिनुपर्ने भए पनि यो वर्ष झण्डै ३ हप्ता ढिलो गरी मनसुन नेपालबाट बाहिरिएको हो ।

यस्तै आज काठमाडौं उपत्यकालगायत मध्य र तराई भूभागको मौसम सफा रहने पनि महाशाखाले जनाएको छ । पहाडका १२ ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको भए पनि अरु ठाउँको मौसम सामान्य रहने मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung