६ जेष्ठ २०८१, आईतवार

 

साझेदारी सहकारीले मनायो स्थापना दिवस

साझेदारी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड बागलुङले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि बिहीबार मनाएको छ । सहकारीले आफ्नोे १३ औ स्थापना दिवसको अवसर पारेर सामजिक उत्तरदायीत्व, सहकारी सचेतना र सदस्य विस्तार का विभन्न कार्यक्रम गरी मनाएको हो ।

सहकारीले विहिवार जैमिनी नगरपालीका २ शिवपुरी स्थित जैमिनी आधारभुत संस्कृत पाठसालालाई नगद तथा खाद्यान्न हस्तान्त्रण गरेको संस्थाका कार्यवाहक अध्यक्ष तेज प्रसाद शर्माले बताउनुभयो । यस्तै साझ बागलुङ नगरपालीका २ स्थित सहकारीको कार्यालयमा दिपावली गरिएको थियो ।

सहकारी संस्थाहरु समाजप्रति उत्तरदायी हुन्छन भन्ने सन्देस दिन उक्त संस्कृत पाठसालामा सहयोग गरेको शर्माले बताउनुभयो । संस्थाले पाठशालाका लागी ७ हजार पाँच सय नगद र १३ हजार बरावरको खाद्यान्न सहयोग गरेको थियो । स्थापना दिवसलाई त्रि दिवसीय रुपमा मानाउने निर्णय गरेको सहकारीले सामजिक उत्तरदायीत्व, सहकारी सचेतना र सदस्य विस्तार कार्यक्रमलाई महत्वका साथ अगाडी सारेको थियो ।

२०४२ सालमा जैमिनी घटमा स्थापना भएको पाठशाला २०४९ सालमा जैमिनी २ शिवपुरीमा स्थानान्त्रण गरिएको थियो । कक्ष ६ र ७ को पढाइ हुने पाठशालामा देशका विभिन्न स्थानाका २२ जना बटुकहरु अध्ययनरत रहेको विद्यालयका प्रधानध्यापक लक्ष्मीदत्त आचार्यले बताउनुभयो ।

उक्त पाठशालामा बेद कर्माकाण्ड, संस्कृत भाषा र ब्याकरणका अतिरिक्त नेपाली, अंग्रेजी, गणीत र सामाजिक विषयको पढाइ हुने गर्दछ । दुईजना शिक्षकको मात्र दरवन्दी रहेको विद्यालयमा ५ जना शिक्षक शिक्षिका अध्यापनरत हुनुहुन्छ ।

सरकारी बटूकहरुलाई आवासिय सुविधा सहित पठनपाठन गराउदा आर्थिक ब्यवस्थापनामा कठिनाई भएको प्रअ आचार्यले बताउनुभयो । ‘बटुकहरु र शिक्षक शिक्षीकाको खानपान र ब्यवस्थापनामा मासिक रुपमा ३० देखी ३५ हजार सम्म खर्च लाग्दछ’ प्रअ आचार्यले भन्नभयो ‘सहयोग दाताको भरमा चलेका छौ ।

सहयोग हस्तान्त्रण कार्यक्रममा बोल्दै प्रमुख अतिथी शेयर सदस्य एम जैमिनी नगरपालीका शिक्षा शाखा प्रमुख खेमराज आचार्यले सहकारी सदस्य र समुदाय केन्द्रीत भएर लाग्नुपर्ने बताउनुभयो । आचार्यले पाठशालालाई सहयोग गरेर साझेदारीले सामजिक उत्तरदायीत्वको मनुमा पश गरेको बताउनुभयो ।

सहयोग हस्तान्त्रण कार्यक्रम संस्थाका कार्यसमिति सदस्य शारदादेवी रिजालको स्वगत मन्तब्य, कोषध्याक्ष गणेशराज लम्सालको संचालन र कार्यवाहक अध्यक्ष तेज प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

२०६४ साल पौष ३ गते स्थापना भएको संस्थमा ८ सय ७० जना शेयर सदस्य तथा शेयर पुजी २ करोड ८५ लाख ४६ हजार चार सय रहेको संस्थाले जनाएको छ । संस्थाले चालु अर्थिक बर्षमा एक हजार एक सय शेयर बृद्धि गर्ने लक्ष लिएको छ । चालु आर्थिक बर्षमा २ अर्व दश करोडको आर्थिक कारोवार गर्ने संस्थाको लक्ष छ ।

यस्तै संस्थाले शेयर सदस्यता एवं शेयर पुँजीमा वृद्धि, बचत वृद्धि, बहुउदेश्यीय परियोजना संचालन, ऋण लगानी, सामाजिक सुरक्षा कोष, सहकारी शिक्षा तथा तालिम, सामाजिक सेवा, अध्ययन एवं अवलोकन भ्रमण, सम्मान एवं पुरस्कार र कारोबारका आधारमा मुनाफा वितरण लगाएका कार्य गर्दै आएको छ ।

सहकारी मार्फत सवल र समृद्ध समाजको निर्माणका लागि आफ्नो त्रिवर्षीय रणनैतिक योजना अनुसार अगाडी वढेको सहकारीले समुदाय र सदस्य केन्द्रत विभिन्न कार्यक्रम संचालन गरेको सचिव डिल्लीप्रसाद गौतमले बताउनुभयो ।

हामी सहकारी मार्फत सवल सदस्य र समृद्ध समाज निर्माणको अभियानमा छौ’ गौतमले भन्नुभयो, ‘त्यसका लागि सदस्यको चाहना र समाजको आवस्थकता अनुसारका कार्यक्रम तय गरेका छौँ ।’ सझेदारीलाई अवको तिन वर्ष भित्रका जिल्लकै नमुना, विश्वसनीय र भरपर्दो सहकारीको रुपमा स्थापित गर्ने गौतमले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्