६ जेष्ठ २०८१, आईतवार

 

युनियन सहकारीको साधारणसभा सम्पन्न

कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष दुर्गा कुँवर, सहकारीका सल्लाहकार लक्ष्मण शर्मा, नवरत्न सहकारीका अध्यक्ष हेमबहादुर खत्री, जिल्ला सहकारी संघकी कोषाध्यक्ष अञ्जु जिसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

साधारणसभाले संस्थाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरेको छ ।कार्यक्रम युनियन बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष मेघनाथ शर्मा गैरेको अध्यक्षता, पदपूर्ति समितिका सदस्य गोकुलप्रसाद कँडेलको स्वागत मन्तव्य र सचिव अगमकुमार पालिखेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्