६ जेष्ठ २०८१, आईतवार

 

अन्नपूर्ण सहकारीको साधारणसभा सम्पन्न

अन्नपूर्ण बहुउद्देश्यीय सहकारीको ११ औँ वर्षिक साधारण सभा सम्पन्न भएको छ ।सभाको उद्घघाटन गर्दै बागलुङ नगरपालिकाका उप–प्रमुख सुरेन्द्र खड्काले सहकारी आर्थिक निकायको मेरुदण्ड भएको बताए । उनले स्थानीय तहले सहकारी सम्बन्धि ऐन बनाएर अझै व्यवस्थित र सरल बनाउने बताए ।

उक्त कार्यक्रममा जिल्ला सहकारी संघका उपाध्यक्ष अशोक गोविन्द राजभण्डारी ,शेयर सदस्य कृष्ण श्रेष्ठ संस्थाका ,पूर्व सदस्य दुर्गादत्त आचार्य लगाएतले बोलेका थिए । कार्यक्रममा संस्थाका सचिव दयाराम पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष  कमल प्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमा संस्थाका अध्यक्ष अशोक कुमार श्रेष्ठको अध्यक्षता, सह–सचिव विदेश कुमार श्रेष्ठको स्वागत र सचिव दयाराम पौडेलको संचालनमा सप्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्