१७ बैशाख २०८१, सोमबार

 

यतिबेला भगवानभन्दा ठूलाे मानिस हाे

सरकारले २५ भन्दा धेरै मानिस जमघटमा रोक लगाएपछि मन्दिर,गुम्बा,मस्जिद, चर्च प्रतिको आस्था राख्नेहरुलाई कसरी कसरी जागरूक तुल्याउने भन्ने जिज्ञासा शुरु भएको छ । इटालीको चर्चमा जम्मा भएकाहरुबाट कोभिड–१९ अर्थात कोरोना भाइरसको महामारी फैलिएको तथ्य बाहिर आएको छ ।

त्यसैले हामीले पनि हाम्रा धार्मिक आस्थाका केन्द्रहरु बारेमा ध्यान दिन आवश्यक छ । नेपालका धार्मिक आस्थाका केन्द्रमा पुग्नेहरुलाई कसरी सचेत तुल्याउने भन्ने सवाल यतिवेला चुनौती बनेको देखिन्छ । नेपालमा धर्म र परम्परामा आस्था राख्नेहरु ठुलो सँख्या छ । त्यसैले मानिसको आस्थासँग जोडिएको विषय भएकोले सरकारले ती स्थलमा नजाउ भन्न सकिरहेको छैन् । त्यसैले सरकारकाे निर्णयलाई अन्य क्षेत्रमा पालना भए जस्तै आस्थाको केन्द्रमा पनि पालना गुर्न पर्ने भएकाे छ । अास्थावान समुदायले स्वँयम सचेतता अपनाउन आवश्यक भएको छ ।

अहिलेको महामारीले धर्म र आस्था भन्दा पनि बलवान देखिएको छ । भनिन्छ शक्ति निर्माण गर्न मौरी जसरी एकाकार हुन सके विश्वको कुनैपनि जाति वा शक्तिले केही गर्न सक्दैन् । तर यतिवेला विश्वमा देखिएको महामारी कोरोना भाइरसले उक्त भनाइलाई समेत चुनौती दिएको छ । त्यसैले धर्म र आस्थासँग जोडिएको व्यक्ती, जाती वा समुहले महामारी प्रति सचेतता अपनाउनु बुद्धिमानी हुनेछ ।

कुनै पनि जाति वा समुदाय बिशेष नभएर सचेतता सबैका लागि आवश्यक छ । राजधानीको दरबार मार्गमा रहेको जामे मस्जिद शुक्रबार मुस्लिम समुदायका मानिसले बन्द गर्न सहमती जनाए ।  साप्ताहिक रुपमा नमाज पढेर आफ्नो आस्थालाई जीवित राख्ने उनीहरुकाे परम्परा छ । तर  बिषम परिस्थितीमा उनीहरुले अपनाएको संयमतातालाई अन्य धर्माबल्म्बीले अनुकरण गर्न आवश्यक भएकाे छ । किनकी जबसम्म हामी सचेत बन्दैनौ, तबसम्म हामीले अरुलाई अर्ति गर्नु निरर्थक हुनेछ ।

त्यसो त सरकारले संसद, अदालत,शैक्षिक संस्था लगायतका सार्वजनिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । तर धार्मिक आस्थाका केन्द्र बारे बोलेको छैन् । सरकारले नबोलेको विषयमा हामी प्रवेश गर्न हुदैन् भन्ने हैन् । आइपर्ने विपत्तीलाई ध्यानमा राखेर आस्थाका केन्द्र बचाउनु यतिवेलाको आवश्यकता हाे । जो जहाँ छौ, त्यहीबाट मानवियताको कर्तव्य पालना गर्न सक्यौं भने मात्र सभ्यताको परिचय झल्किने छ । धार्मिक आस्थाका केन्द्र मन्दिर, चर्च, गुम्बाहरुमा यतिवेला संझिएर आर्शिवादको अनुभव गर्नु उचित हुनेछ ।

स्थानीय समुदायिक संस्थाहरु  सरकारका सहयोगी हुन आवश्यक छ । मानिस रहे मात्र धर्म,आस्था र भगवान रहन्छ ।  त्यही मान्यता राखेर मन्दिरका पुजारी, मस्जीदका धर्म गुरु(मौलाना), गुम्बाका लामा र चर्चका पादरीबाट  दैवी विपत्ती बारे जानकारी गराउन सकियाेस ।

भगवान भन्नु मानिसको अन्तर हृदयको आस्था हो । त्यसैले श्रदालु भक्तजन र व्रतधारी महानुभावले आस्थालाई व्इवहारमा प्रकट गर्दा समाजिक मुल्य र मान्यतालाई ध्यान दिनु श्रेयकर हुनेछ । आस्थलाई मात्र सर्वमान्य ठानेर मन्दिर, मस्जिद, चर्च र गुम्बा पुग्नुभन्दा एकान्त स्थानमा आसन ग्रहण गरेर परिजीवीको संक्रमणबाट बच्नु हितकर हुनेछ । त्यसैले ती स्थान र सन्र्दभका बारेमा सचेतता स्मवँयम अपनाउने की ?

छिमेकी भारतले पनि अहिले देखिएकाे महामारीका कारण वैष्णाेदेबीकाे यात्रामा राेक लगाएकाे छ । त्यसैले हामीले पनि लुम्बिनी, पशुपतिनाथ, मुक्तीनाथ लगायतका धार्मिक आस्थाका केन्द्रमा केही समयका लागि राेक लागउने की ? भगवान बुद्दले अन्तिम समयमा शिष्य देवदत्तलाइ आफ्नो अन्त्यपछि मूर्ति बनाएर पूजा गर्न भन्दा शान्तिका लागि मानिसहरुका बीचमा सत्कर्म गर्नु भनेका थिए । ठिक त्यसैगरी यतिवेला भगवानका नाममा मूर्ति पूजा भन्दा मानवताका लागि कर्म पालना गर्नु पर्ने भएको छ ।

हाम्रो देशको बहुसँख्यक जनसँख्या हिन्दु धर्माबल्म्बीहरुको छ । यहाँ पशुपति, मुक्तिनाथ,मनकामना, मौलाकालिका,  सहित विभिन्न देबि देवताका मन्दिर उल्लेख्य छन् । त्यसैले भन्ने गरिन्छ, नेपाल मन्दिै मन्दिरकाे देश हाे । यहाँका बाटाघाटा र पाखा पखेरा समेत मन्दिर र भगवान छन् । जहाँ दैनिक  हजारौ मानिस दर्शनका लागि पुग्ने गर्छन् । ती स्थलको सरसफाई देखि त्यहाँको वातावरण स्वच्छ राख्नु पर्ने हुन्छ । त्यसैले अहिले देखिएको भवितव्यबाट बच्न ती स्थलको पहुँचमा नियन्त्रण गर्न आवश्यक छ । त्यसैले स्वयँम व्यक्ति आफै विवेकवान बनेर संयमता अपनाउन आवश्यक छ । सबै क्षेत्र र विषयमा सरकार कै मुख ताक्नु भन्दा हामीले पनि स्वविवेकले निर्णय गर्नु यतिवेला उचित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्