२ जेष्ठ २०८१, बुधबार

 

उद्योग वाणिज्य संघका पूर्व महासचिव श्रेष्ठ पक्राउ प्रति संघले ग¥यो ध्यानाकर्षण

बागलुङ । बागलुङ उद्योग वाणिज्य संघका पूर्व महासचिव तथा व्यवसायी कृष्ण शंकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको प्रति संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

धौलागिरि अस्पताल व्यवस्थापन समितिका सदस्य रहेको कृष्ण शंकर श्रेष्ठ र मेडिकल सुपरिटेन्डेण्ड डा रविरञ्जन प्रधान बीच भएको विवादको विषयलाई लिएर विना पक्राउ पुर्जी प्रहरीले पक्राउ गरेको प्रति बागलुङ उद्योग वायिाज्य संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

पसलमा ग्राहकसंग कारोवार गर्दै गरेको अवस्थामा विना पक्राउ पुर्जी पक्राउ गरिएको महासचिव ऋषिराम गौतमले हस्ताक्षर गरि प्रकासित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नेपाल सरकारले तिन खम्वे नीतिमा नीजि क्षेत्रलाई सम्मानजनक व्यवहार गर्ने भन्दै तेस्रो लगानी सम्मेलन चलिरहेको वेला व्यवसायीलाई काउण्टर समेत बन्दगर्न र व्यवसाय घर परिवारलाई बुझाउन नदिई जवरजस्ती पक्राउ गरिएको प्रति नीजि क्षेत्रको तर्फबाट घोर भत्र्सना गर्दछौ भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्