
कोरोना भाइरसको सन्त्रासका कारण जर्मनीमा दुई जनाभन्दा बढी व्यक्ति एकत्रित हुन नपाइने भएकाे छ । महामारी नियन्त्रण गर्न जर्मन सरकारले यस्तो नियम बनाएको हो ।
जर्मनीले घर तथा कार्यालयबाहेक अन्यत्र दुई जनाभन्दा धेरै जम्मा हुन नपाइने नियम लागु गरेको हाे ।
जर्मन चान्सलर एङ्गेला मर्केलको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोना भाइरस सङ्क्रमण भएको पाइएपछि मर्केल पनि क्वारेन्टाइनमा बसिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
जर्मनीले कोरोना भाइरस प्रकोप नियन्त्रणका निम्ति सामाजिक गतिविधिहरूमा थप रोक लगाउँदै दुई जनाभन्दा धेरैको सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएको हो । टेलिभिजनमा प्रसारित एक सम्बोधनमा चान्सलर मर्केलले सङ्क्रमणको दर घटाउन आफ्नै व्यवहार सबभन्दा प्रभावकारी माध्यम भएको बताएकी छन् । नयाँ नियमअनुसार सार्वजनिक स्थानमा एक अर्काभन्दा डेढ मिटर, अझ दुई मिटरको दूरीमा रहनुपर्ने अनिवार्य गरिएको छ।