१ जेष्ठ २०८२, बिहीबार

 

अमेरिकामा कोरोनाले एकैदिन २ हजार १ सय ८ जनाको मृत्यु

अमेरिकामा कोरोना भाइरसको महामारीले एकैदिन २ हजार १ सय ८ जनाको मृत्यु भएको छ । अमेरिका अहिले कोरोनाको प्रकोपले सबैभन्दा बढि आक्रान्त मुलुक भएको छ । अमेरिकामा कोरोना भाइरसको संक्रमितको संख्या पाँच लाख नाघेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयको उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । अमेरिकाले कोरोना भाइरसले सबैभन्दा बढि प्रभावित मुलुक इटलिलाई जित्न लागेको छ । विश्वमा अहिलेसम्म इटलीले धेरै नागरिकलाई गुमाउनु परेको छ । इटलीमा अहिलेसम्म १८ हजार ८ सय ४९ जनाको मृत्यु भएको । संसारभर कोरोनाभाइरसले १लाख भन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरसका कारण विश्वभरि मृत्यु हुनेहरूको सङ्ख्या एक लाखनजिक पुगेको छ । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणले १८ हजार ६ सय ९३ जनाको मृत्यु भएको र ५ लाख ३ सय ९९ जनामा सङ्क्रमण पुष्टि भएको छ। तीमध्ये आधाजसो मृत्यु न्यूयोर्कमा भएको छ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung