३० बैशाख २०८२, मंगलवार

 

लिपुलेकबारे भारतीय सेनापतिले भने- सडक भारतीय भूमिमै

भारतका प्रधानसेनापति मनोज मुकुन्द नरवानेले कालापानी क्षेत्रमा भारतले बनाएको सडकबारे नेपालले जनाएको आपत्ति अरू कसैको निर्देशनमा भएको आरोप लगाएका छन् ।

भारतीय रक्षा मन्त्रालयअन्तर्गतको थिंक ट्यांक द मनोहर पर्रिकार इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिसले गरेको कार्यक्रममा उनले कालापानी क्षेत्रमा नेपाली पक्षले आपत्ति जनाउनुपर्ने कुनै कारण नभएको दाबी गरे । उनले नाम नलिए पनि चीनको निर्देशनमा विरोध भएको इसारा गरेका हुन् ।

यसमा मैले कुनै विरोधाभास देखेको छैन । नेपाली राजदूतले भनेका छन्, कालापानीपूर्वको भूभाग नेपालको हो, रोड नदीभन्दा पश्चिम छ,उनले भनेका छन्, त्यही भएर नेपालीहरू केका लागि विरोध गरिरहेका मैले बुझ्न सकेको छैन ।त्रिपक्षीय जक्सन नेपाल, भारत र चीनको कहाँ हुनुपर्छ भन्ने मुद्दा बाँकी रहेको उनको भनाइ छ ।

त्यसैले नेपालले अरू कसैको निर्देशनमा यो मुद्दा उठाएको हुन सक्छ, उनले भनेका छन्। भारतका रक्षामन्त्री राजनाथ सिंहले गत साता धार्चुलाबाट मानसरोवर जोड्ने सडक उद्घाटन गरेका थिए ।

नेपाली भूमिमा भारतले एकपक्षीय रूपमा सडक बनाएको भन्दै नेपालले कडा आपत्ति जनाएको छ। परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाई कूटनीतिक नोट दिएको थियो ।

भारतीय कदमको विरोधमा जनस्तरमा पनि प्रदर्शन भएका छन् ।यसबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन् ।

नेपालका सबै दलले भारतले कालापानी क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको भन्दै त्यसलाई फिर्ता ल्याउन कूटनीतिक पहल थाल्नुपर्ने सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung