२ जेष्ठ २०८२, शुक्रबार

 

कोरोना भाइरसको खोप विकासमा अक्सफोर्ड विश्वविद्यालयको ठूलो सफलता

कोरोनाभाइरस विरुद्धको खोप विकासमा अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता हासिल गरेको छ।उसले विकास गरेको एउटा खोप सुरक्षित रहेको र प्रतिरक्षा प्रणालीलाई थप बलियो पार्ने सङ्केत पाइएको छ।

उक्त खोपको एक हजार ७७ मानिसमा परीक्षण गरिएको थियो।ती व्यक्तिहरूमा दिइएको खोपका कारण उनीहरूमा ‘एन्टीबडी’ भनिने रोगसँग लड्ने क्षमता विकास भएको पाइयो।यसले श्वेत रक्त कोषसँग मिलेर कोरोनाभाइरससँग लड्ने देखिएको छ।

कोरोनाभाइरस

यो निष्कर्ष एकदमै आशाजनक छ तर अझै पनि यो सुरक्षा प्रदान गर्नका लागि पर्याप्त छ कि छैन थहा पाउनु भनेको निकै हतार हुनेछ। र, यसको अझै ठूलो परीक्षण चलिरहेको छ।ब्रिटिश सरकारले यसको १० करोड डोजको माग अर्डर दिइसकेको छ।

कसरी खोपले काम गर्छ?

उक्त खोपको नाम ChAdOx1 nCoV-19 राखिएको छ। त्यसलाई अभूतपूर्व गतिमा विकास गरिएको हो।चिम्पान्जी अर्थात् वनमान्छेमा लाग्ने साधारण रुघाखोकीका कारण विकास हुने भाइरसलाई आनुवंशिक रूपमा रुपान्तरित गरेर यो खोप विकास गरिएको छ।

यसलाई उच्च रूपले रूपान्तरित गरिएको छ, त्यसले गर्दा यो मानिसमा सङ्क्रमणको कारण बन्दैन र यसले कोरोनाभाइरस जस्ता विषाणुलाई “पहिचान” गर्ने काम पनि गर्छ।यो खोप कोरोनाभाइरस जस्तै देखिन्छ र प्रतिरक्षा प्रणालीले कसरी आक्रमण गर्ने भन्ने सिक्छ।

कोरोनाभाइरस

एन्टीबडी र टी-सेल भनेको के हो?

कोरोनाभाइरसका विषयमा ‘एन्टीबडी’बारे धेरै केन्द्रित हुने गरिएको छ। तर ती भनेका प्रतिरक्षा क्षमताका भाग मात्र हुन्।’एन्टीबडी’लाई तटस्थ पारिदिँदा कोरोनाभाइरस निस्कृय हुनसक्छन्।

टी-सेलहरू चाहिँ श्वेत रक्त कोषहरू हुन्। यी कोषहरूले प्रतिरक्षा प्रणालीलाई समन्वय गर्न सहयोग गर्छन् र शरीरको कुन भागका कोषहरूमा सङक्रमण छ भनी पत्ता लगाएर त्यसलाई नष्ट गरिदिन्छन्।लगभग सबैखाले प्रभावकारी खोपहरूले ‘एन्टीबडी’ र टी-सेल दुवैलाई बलियो पार्ने काम गर्छन्।

यो सुरक्षित छ?

यो खोप सुरक्षित छ तर त्यसका केही ‘साइड इफेक्ट’ अर्थात् असरहरू छन्।त्यस्ता असरहरू खतरनाक भने छैनन्। तर परीक्षणमा सहभागी ७० प्रतिशत मानिसमा ज्वरो र टाउको दुख्ने लक्षण देखिएका थिए।त्यसलाई प्यारासिटामोल खाएर नै ठीक गर्न सकिन अनुसन्धानकर्ताहरूले बताएका छन्।

अध्ययनका प्रमुख लेखक प्राध्यापक एन्ड्रिव पोलर्डका अनुसार रोगप्रतिरोधात्मक प्रणालीले भाइरसलाई सम्झनेछ ताकि खोपले मानिसहरूलाई लामो समयसम्म सुरक्षित राख्न सकोस्। तर उनले थप अनुसन्धान आवश्यक रहेकोमा जोड दिए।

अक्सफोर्ड विश्वविद्यालयकी प्राध्यापक साराह गिल्बर्ड भन्छिन्, “यो खोपलाई पुष्टि गर्न र हाम्रो खोपले कोभिड-१९ महामारीलाई व्यवस्थापन गर्छ भन्नका लागि धेरै काम गर्न बाँकी छ। तर पहिलो नतिजाले सकारात्मक सङ्केत गर्छ।”

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung