५ जेष्ठ २०८१, शनिबार

 

अमिताभ बच्चन निको भएर घर फर्किए, गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

भारतका प्रख्यात अभिनेता अमिताभ बच्चन कोभिड-१९ को उपचारपछि अस्पतालबाट घर फिर्ता भएका छन्।गत महिना ७७ वर्षीय कलाकारले ट्विटरमार्फत् आफूलाई कोरोनाभाइरस सङ्क्रमण भएको जानकारी दिएका थिए।

उनको परिवारमा छोरा अभिषेक बच्चन, बुहारी ऐेश्वर्या राय र नातिनी आराध्यालाई पनि सङ्क्रमण भएको थियो।आइतवार बच्चनले परीक्षणमा भाइरसमुक्त भएको देखिएपछि अस्पताल छाडेको बताएका हुन्।

यो Twitter पोस्ट छोड्नुहोस्, 1

Twitter पोस्ट समाप्त, 1

ट्वीट गर्दै उनले आफ्ना प्रशंसकहरूको प्रार्थना र मुम्बईको नानावती अस्पतालको “निकै राम्रो स्याहार”प्रति धन्यवाद दिएका छन्।

गृहमन्त्रीमा सङ्क्रमण

आइतवार नै भारतका केन्द्रीय गृहमन्त्री अमित शाहमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।मन्त्री शाहले ट्वीटमार्फत् आफूमा कोभिड-१९ को प्रारम्भिक लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोनाभाइरस देखिएको जानकारी गराएका हुन्।

यो Twitter पोस्ट छोड्नुहोस्, 2

Twitter पोस्ट समाप्त, 2

उनी चिकित्सकहरूको सल्लाहमा अस्पताल भर्ना भएका छन्।आइतवार नै भारतको उत्तर प्रदेश राज्य सरकारकी एक मन्त्री कमला रानीको भाइरस सङ्क्रमणबाट मृत्यु भएको थियो।भारतमा तमिलनाडुका राज्यपाल वनवारीलाल पुरोहितलाई पनि सङ्क्रमण देखिएको बीबीसी हिन्दीले समाचारस्रोतहरूलाई उद्धृत गर्दै जनाएको छ।

देशभरि उच्च सङ्क्रमण

भारतमा अहिले कोरोनाभाइरस सङ्क्रमण तीव्र गतिमा फैलिएको छ।विगत २४ घण्टामा ५४ हजारभन्दा बढी मानिसमा सङ्क्रमण पुष्टि भएको बिहान सरकारले जनाएको थियो।शनिवार त्यहाँ ५७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका थिए। त्यो अहिलेसम्मकै उच्च दैनिक वृद्धि हो।

कोरोनाभाइरस भारत

बीबीसीनेपालीबाट

प्रतिक्रिया दिनुहोस्