५ जेष्ठ २०८१, शनिबार

 

महिला हित सहकारीका शेयर सदस्यलाई सहकारी शिक्षा

महिला हित बचत तथा ऋण सहकारी संस्था बागलुङले आफ्ना सेयर सदस्यलाई सहकारी शिक्षाको तालिम दिएको छ । ३० जना सेयर सदस्य सहभागी रहेको तालिममा सहकारी शिक्षासम्बन्धी ज्ञान भएमा त्यसको फाइदा कसरी शेयर सदस्यले सहकारीबाट बहुउपयोगी ढंगले लिन सक्छ भनि सिकाइएको थियो ।

तालिमको सहजीकरण महिलाहित बचत तथा ऋण सहकारी संस्था बागलुङ अध्यक्ष लिला देवी खड्काले गरेकी थिइन् । महिलालाई सहकारीबाट समृद्ध र आत्मनिर्भर बनाउन तालिम आयोजना गरिएको संस्थाकी अध्यक्ष लीलादेवी खड्काले बताइन् ।

सहकारी शिक्षाले महिलाहरुको सहकारी बारेमा सहि धारण र क्षमता अभिवृद्धि हुने जेष्ठ शेयर सदस्य सन्तु खड्काले धारणा राखेका थिए । २०५२ सालमा महिलाहित संरक्षण समूहबाट सुरु भएको संस्था २०५८ सालमा महिलाहित बचत तथा ऋण सहकारी संस्थाका रूपमा दर्ता भएको थियो ।

२५ जना महिलाको २५ सय रुपैयाँ सेयर पुँजीबाट सुरु भएको संस्थामा हाल ११ सय सेयर सदस्यको २ करोड ४५ लाख ७४ हजार रुपैयाँ सेयर पुँजी छ ।

यसै गरी संस्थामा ७ करोज २४ लाख ९० हजार ९ सय रुपैयाँ कर्जा लगानी र ७ करोड ९१ लाख ७ हजार ५ सय ७४ रुपैयाँ बचत रहेको संस्थाकी प्रबन्धक चन्द्रा कार्कीले जानकारी दिइन् ।

सहकारीले संस्थाका सदस्यको क्षमता अभिवृद्धिका लागि प्रौढ कक्षा, ब्युटिपार्लर,अचार बनाउने तालिमदेखि बालशिक्षा, लैंगिक हिंसा न्यूनीकरणसम्मका ४७ वटा तालिम सञ्चालन गरिसकेको छ ।

भविष्यमा पनि शेयर सदस्यहरुको हितमा जिवन उपयोगी तालिमहरु राखेर आर्थिक बजारमा काम गरेर खाने वातावरण महिला सहकारीले राखेको संस्थाका अध्यक्ष लिलादेवी खड्काले नयाँ विश्वलाई बताइन ।

कार्याक्रम महिला हित सहकारीको अध्यक्ष लिला देवी खड्काको अध्यक्षता, स्वागत भाषण सचिव सावित्रि केसी र संचालन शिक्षा उप समितिकी सदस्य राधा शर्माले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्