
सरकारले कोरोना संक्रमणका कारण अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च बेहोर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना संक्रमणपछि केसी मेडिसिटी अस्पतालमा उपचाररत छन् । ज्वरो, रुघाखोकीलगायत स्वास्थ्य समस्या देखिएपछि मंगलबार अस्पताल भर्ना भएका अध्यक्ष केसीको बुधबार कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। केसीको स्वास्थ्य अवस्था अहिले सुधार हुँदै गइरहेको अस्पतालले जनाएको छ ।