२ जेष्ठ २०८२, शुक्रबार

 

प्रभु बैंकमा अब क्यूआर कोडबाटै रकम झिक्न मिल्ने

प्रभु बैंकले मोबाइल बैंकिङ प्रयोगकर्तालाई लक्षित गर्दै क्यूआर कोड स्क्यान गरेर नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ । यो सेवा अन्य बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले समेत उपभोग गर्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकका अनुसार यो नेपाली बैंकिङ इतिहासमा नवीनतम प्रयोग हो । यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयका नगद काउन्टरमा उपलब्ध हुने विज्ञप्तिमा जनाइएको छ । यो सेवासँगै नगद झिक्न चेक तथा एटीएम कार्ड बोक्ने झन्झटबाट मुक्ति मिल्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung