१७ बैशाख २०८१, सोमबार

 

‘सबैखाले व्यवसायीका हकहित स्थापना गर्न र महासंघलाई बलियो बनाउन दिगो नेतृत्व चाहिएको छ’ –श्रेष्ठ

- नेपाल उद्योग वाणिज्य महासंघ, केन्द्रीय सदस्यका उम्मेदवार

– निर्माणकुमार श्रेष्ठ ‘वासु’

नेपाल उद्योग वाणिज्य महासंघ, केन्द्रीय सदस्यका उम्मेदवार

महासंघमा गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यका रूपमा मेरो उम्मेदवारी व्यवसायीको आवाज सरोकारवालासम्म बलियो ढंगले उठाउन र उनीहरूको हकहितमा केन्द्रित छ ।

हाम्रो देह संघीय संरचनामा गए पनि हामीले महासंघ र सरकारी व्यवस्थालाई विकेन्द्रित र संघीय ढाँचामा लैजान बाँकी छ । जति नै विकेन्द्रीकरणको कुरा गरे पनि हरेक कुरामा केन्द्रीयता हाबी छ ।

स्थानीय उद्योगी–व्यवसायीको आवाज, अधिकार र समस्या समाधान गर्ने बलियो संस्था बनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो । अहिले पनि स्थानीय व्यवसायी र साना मझौला व्यापारीले केही समस्या हुँदा केन्द्रले के भन्छ भनी हेर्ने बानीमा परिवर्तन भएको छैन । किनभने पुरानो व्यवस्थाको अवशेष अझ पनि शक्तिशाली नै छ ।

भवानी राणाको पालामा पनि मैले यस विषयमा धेरै आवाज उठाएँ । प्रदेशलाई बलियो बनाउन साथीहरूसँग सहकार्य गर्नुका साथै र वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको नेतृत्व र प्रयासमा हामीले केही व्यवस्था ग¥यौं ।

प्रदेश, जिल्ला, नगर र साना सहरमा केन्द्रित उद्योग वाणिज्य संघलाई व्यवस्थित र प्रभावकारी नेतृत्व प्रदान गर्न जरुरी छ । स्थानीय उद्योगी र व्यवसायीको आवश्यकता अनुसार उनीहरू स्वयंले आफ्ना लागि नीतिनियम बनाउन पाउने अवस्था सिर्जना गर्न र समस्या समाधानका लागि बलियो संस्थाको रूपमा संघलाई माथि उठाउन उनीहरूको सहभागिता र दिगो नेतृत्व चाहिएको छ ।

अहिले कोरोना कहरले गर्दा व्यवसाय चौपट भएको छ भने उद्योग, कलकारखानाको उत्पादन क्षमता पनि धेरै घटेको छ । यसले व्यापार–व्यवसायमा धेरै धक्का लागेको छ । धेरैले रोजगारी गुमाएका छन् ।

धेरै व्यापारीले थेग्न नसकेर व्यापार–व्यवसाय बन्द गर्नुपरेको छ । यस्तो बेलामा संघ, प्रदेश र स्थानीय तहको व्यापारिक नीतिलाई अहिले सुरु भएको आर्थिक मन्दीअनुसार ढाल्न जरुरी छ । कर, घरबहाल कर, राजस्व र ब्याजमा छुट मात्रले व्यवसाय धान्न पुग्दैन, यसका लागि विशेष व्यवस्था गर्नुपर्छ ।

विश्वमा ठूला आर्थिक संकट आउँदा या आर्थिक मन्दी हुँदा सचेत सरकारले दीर्घकालीन प्रकृतिको व्यापार–नीति ल्याउँछन् । हाम्रो देशमा स्थानीय सरकारलाई यस विषयमा सही ढंगले बुझाउने र उपयुक्त व्यावहारिक–व्यवसायिक कार्यक्रम ल्याउन प्रेरित गर्नुपर्ने बेला आएको छ ।

यसका लागि व्यवसायीको पीर–मर्का बुझेको नेतृत्व चाहिनुका साथै सरकारी कर, राजस्व र आर्थिक नीतिगत व्यवस्था बुझेको व्यावसायिक नेता चाहिन्छ ।

महासंघको आसन्न चुनावी यात्रामा रहँदा र देश दौडाहामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टिममा रहेर जिल्ला–नगरका नेतृत्वहरूसँग अन्तरक्रिया र छलफल गर्दा व्यवसायीका अलग अलग समस्या र सम्भावनाबारे गहिरो ढंगले बुझने र सिक्ने मौका पाएँ । स्थानीय रूपमा काम गरिरहेका संघका नेताहरूले एउटा बलियो र संस्थागत रूपमा व्यवस्थित महासंघको माग गरेको देखियो ।

धेरैले निर्वाचनपछि आफूले गरेका वाचा र प्रतिबद्धता भुलेका छन् । सानादेखि ठूला व्यवसायीका सरोकारमा बोल्ने, उनीहरूको औद्योगिक र व्यावसायिक स्थितिलाई माथि उठाएर देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पु¥याउने, रोजगारी सिर्जना गर्ने, गरिबी निवारण गर्ने र विश्वमा देशको सकारात्मक छाप बनाउने नेतृत्वको खोजीमा व्यवसायी छन् ।

त्यसैले सन्तुलित र संकटमा विवेक प्रयोग गर्न सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । त्यहि कारणले गर्दा देशको व्यवसायीहरु चरम समस्यामा परि रहेको बेला वरिष्ठ उपाध्यक्षको उम्मेदवार अनुभवि र सालिन व्यक्तित्व चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघको पूर्णनिर्माण गर्नु अहिलेको मुख्य कार्यभार हो ।

महासंघको गरिमा र व्यवसायीको मनोबल उच्च बनाउने कार्याक्रय र क्षमता ढकालसँग भएकोले देशभरका सबै व्यवसायीक नेताहरुले उहाँको आवश्यकता बोध गरेको छ । यस्तो आर्थिक–सामाजिक संकटका बेला सायद देश पनि यस्तै कठिन परिस्थितिबाट बाहिर ल्याउन सक्ने अगुवाको खोजीमा छ होला ।

गण्डकी प्रदेश र यस प्रदेशमा रहेका जिल्लाहरू व्यापार, व्यवसाय र रैथाने व्यापारमा इतिहास बोकेका क्षेत्र हुन् । यो क्षेत्र तिब्बतदेखि काठमाडौं उपत्यका र मधेस हुँदै भारतमार्फत एसिया र युरोपसम्मको व्यापार–मार्ग हो । यस प्रदेशको आर्थिक र व्यावसायिक विकासले देशको विकासमा ठूलो महत्त्व राख्छ ।

धेरै प्रदेश र जिल्लाबाट यस क्षेत्रमा व्यावसायिक सम्भावना खोजेर व्यापार गर्न अहिले पनि व्यवसायी आइरहेका छन् । यो भूमि ऊर्जा, कृृषि, घरेलु उद्योग, पशुपालन, फलफूल, रेमिट्यान्स, पर्यटन, जडीबुटी, शिक्षा, स्वास्थ्य र सञ्चारमा बलियो सम्भावना र परिणाम दिएको क्षेत्र पनि हो । यस क्षेत्रको बृहत्तर आर्थिक अवस्थाको अध्ययन गर्ने र दिन सक्ने परिणामबारे बुझ्न सक्ने कुशल नेतृत्वको आवश्यकता छ ।

यो क्षेत्र आफूलाई चाहिने सबै सामान आफैं उत्पादन गरेर आत्मनिर्भर बनेको पुरानो इतिहास साछि छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले पुरानो रेसम मार्ग ब्यँुताएर सबै महादेशसम्म पुग्ने मार्गको रूपमा विकास गर्दै छन् ।

त्यसै गरी भारतमा मोदी विकास साझेदारको बाटोमा छ । यिनबाट हामीले धेरै कुरा सिक्नुका साथै हाम्रो जिल्लाको खासखास अवस्था बुझेर त्यसलाई त्यही गन्तव्यका रूपमा विकास गर्न सक्छौं ।

यसबाट नमुना जिल्लाको अवधारणाले मूर्त रूप लिई त्यसलाई थप दिगो बनाउन सक्छ । त्यसैले विशेष क्षेत्रको अवधारणा आएको हो । त्यसका लागि यस प्रदेशको भावना, मर्म बुझेको नेतृत्वलाई महासंघको केन्द्रीय तहमा पठाउनु अहिलेको मुख्य कर्तव्य हो ।

व्यावसायिक क्षेत्रमा देखापरेका समस्या समाधान गर्न र व्यवसायीका हक, हित तथा अधिकारका लागि सरकारसँग दह्रो लबिइङ गर्न मैले उम्मेदवारी दिएको हुँ । व्यवसायीका हक–हित सुरक्षा र समस्या समाधानमा निरन्तर पहल गरिरहेकै छु ।

अब नेतृत्वमा पुगेपछि पनि व्यवसायीका हक, हित स्थापित गर्न, महासंघको साख उँचो बनाउन र देशमा व्यावसायिक वातावरण बनाउन लागिपर्नेछु । संस्थाको गरिमा र प्रतिष्ठालाई अझ उँचो बनाउने काममा सशक्त रूपमा लाग्नेछु ।

अहिले पनि महासंघको विधानमा जिल्ला–नगरको मतभार ५० प्रतिशत छ । तर त्यसअनुरूप अधिकार दिइएको छैन । अबका दिनमा जिल्ला–नगर परिषद्लाई सशक्त बनाएर महासंघभित्र हामी जिल्ला–नगरका उद्योगी व्यवसायीको अधिकार स्थापित गराउन मैले उम्मेदवारी दिएको हुँ ।

 

प्रतिक्रिया दिनुहोस्