५ जेष्ठ २०८१, शनिबार

 

समृद्धिको लागि आर्थिक अभाव छैन : नगर प्रमुख गैरे

- सहकारीको मुनाफा २ करोड ५२ लाख

गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले समृद्धिको लागि आर्थिक अभाव नभएको बताएका छन् । सिवाईसी बचत तथा ऋण सहकारी सस्था लिमिटेड बागलुङको ११ औं साधारण सभाको अवसरमा गलकोटमा आयोजित विस्तारित मन्चको उद्घाटन गर्दै समृद्धिको लागि आर्थिक श्रोतको अभाव नरहेका भन्दै केवल सोच र लगनशीलताको अभाव रहेको बताएका हुन् ।

गैरेले सिवाईसीले रोजगारमुलक कार्यक्रम संचालन गर्ने योजना लिएर आएमा नगरपालिकाले सहयोग र सहकार्य गर्ने उद्घोष गरेका छन् ।

ब्याज अनुदान कार्यक्रममा सहकारीसँग सहकार्य गरि गलकोट नगरपालिकाले उद्यमी बनाउन तथा रोजगारीको अवसर श्रृजना गर्ने काममा अग्रसर रहेको बताए । कार्यक्रममा सिवाईसी सहकारीका केन्द्रीय सल्लाहकार कृष्ण शंकर श्रेष्ठ, सहकारीका उपाध्यक्ष गण्डकी थापा अधिकारी , जिल्ला बचत तथा ऋण सहकारी संघ बागलुङका उपाध्यक्ष गणेश बहादुर खत्री, केन्द्रीय संचालक समिति सदस्य हर्क बहादुर पाण्डे, समाजसेवी तिर्थसिंह थापा, सेवा केन्द्र ब्यवथापन समितिका पुर्ब सदस्य मन्जु शर्मा चालिसेलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा ज्येष्ठ शेयर सदस्य कुलबहादुर बोहरा, टोपबहादुर कार्की, असल ऋणी मीना खरेल कार्की, असल बाल बचतकर्ता आयुस पाण्डे, असल सदस्य सुरेन्द्रप्रसाद पाण्डे, असल बचतकर्ता, मायादेवी दर्जीथापा लगायतलाई सम्मान गरिएको थियो ।

७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई मासिक पेन्सन दिँदै आएको सहकारीले यस वर्षदेखि ८० वर्ष उमेर पुगेका जेष्ठ शेयर सदस्यलाई स्वास्थ्य परिक्षणको लागि वार्षिक ५ हजार रुपैयाँ दिन शुरु गरेको सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले बताए ।

सहकारीको मुनाफा २ करोड ५२ लाख
कार्यक्रममा सिवाईसी सहकारीका केन्द्रीय सचिव जयराम भारीले नीति तथा कार्यक्रम, कोषाध्यक्ष सितादेवी सापकोटा कँडेंलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सहकारीले आथिर्क बर्ष २०७६/७७ को असार मसान्त सम्म १ अर्ब ४० करोड ५८ लाख १४ हजार ८ सय ९६ रुपैया कुल पुँजी रहेको सहकारीमा २० करोड ५ लाख ६५ हजार शेयर पुँजी रहेको छ ।

१ अर्ब ५ करोड ४९ लाख ४० हजार २ सय २० कुल बचत रहेको सहकारीले १४ करोड ४७ लाख ४२ हजार ९ सय ६४ आम्दानी गर्दा ११ करोड ९५ लाख ४० हजार ५ सय १७ खर्च गरि २ करोड ५२ लाख २ हजार ४ सय ४७ पैया मुनाफा गर्न सफल भएको आर्थिक प्रतिबेदनमा उल्लेख छ ।

गलकोट सेवा केन्द्रमा मात्रै २ हजार ६ जना शेयर सदस्य रहेकोमा २ करोड ६४ लाख ३५ हजार ६ सय शेयर पुँजी रहेको सहकारीले १५ करोड ४८ लाख २३ हजार ८ सय ३९ बचत तथा २७ करोड ९३ लाख ६९ हजार ३१ लगानी रहेको सेवा केन्द्र प्रमुख रिमा भण्डारीले जानकारी दिइन् ।

१९ प्रकारका बचत रहेको सहकारीले बचत तथा ऋणको साथमा रेमिटेन्स, एटिएम तथा मिस्कल सेवा, क्युआर कोड सेवा, ईकाउण्टर सेवामार्फत सदस्यलाई सेवा प्रवाह गर्दै आइरहेको छ ।

सदस्य बनौ सिवाईसीमा हातेमालो देश बिकासमा भन्ने उद्घोषका साथ स्थापित सहकारीको ११ औं साधारण सभा तथा बिस्तारीत मञ्च सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षता, गलकोट सेवा केन्द्र ब्यवस्थापन समिति संयोजक राम बहादुर खत्रीको स्वागत तथा गलकोट सेवा केन्द्रका सचिब खिम साहानीको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्