४ जेष्ठ २०८१, शुक्रबार

 

विवाहअघि यी चार बानी त्याग्नुस्

धेरै रिसाउने

धेरै रिसाउने बानी र व्यवहार धेरैको साझा समस्या हो । जसका कारण यस्ता व्यक्तिहरू प्रायः सबैसँग झगडा गरिरहन्छन् । तर जब तपाईं विवाहपछि आफ्ना साथीसँग बस्नुहुन्छ, तब तपाईंको यो बानी खराब बानीहरूमा दर्ज हुन्छ । यदि तपाईंले यो बानी सुधार्नु भएन भने यसले तपाईंको सम्बन्धमा समेत गम्भीर असर गर्न सक्छ । त्यसैले आफ्नो विवाह अघि यस्ता समस्या समाधानको लागि बाटो खोज्नुहोस् ।

झूटो बोल्ने

विवाहपछि तपाईंको जीवनसाथीले आफूसँग कुनै कुरामा पनि झूट नबोलून् भन्ने सोच्छन् । त्यसैले उनीहरूको विश्वास भंग नगर्नको लागि आफ्नो झूट बौल्ने बानी छ भने त्यसलाई त्यागिदिनुहोस् ।

जब तपाईं आफ्नो साथीहरू र परिवार माझ बस्नुहुन्छ, त्यो बेलामा समेत बिस्तारै झूट बोल्ने बानी त्याग्दै जानुभयो भने यसले तपाईंलाई विवाहपछि सजिलो हुन सक्छ ।

यदि प्रेमिकासँगको सम्बन्धमा हुनुहुन्छ भने प्रेमिकासँग पनि झूट बोल्ने बानी त्याग्नुहोस् । किनकि एकपटक विश्वास तोडिइसकेपछि फेरि विश्वास गर्न निकै गाह्रो हुन्छ ।

कसैलाई विश्वास नगर्ने 

हामीमध्ये धेरैजसो व्यक्तिहरू प्रायः अरूलाई भरोसा गर्दैनौं, चाहे तिनीहरू हामीसँग नजिक नै किन नहुन् । तर यदि तपाईं विवाहपछि आफ्ना साथीलाई विश्वास गर्दैनन् वा उनीहरूलाई केही बताउन संकोच गर्छन् भने यो तपाईंको लागि नकारात्मक कदम हुन सक्छ । प्रत्येक पार्टनर चाहन्छ कि जोसँग ऊ प्रेमको बन्धनमा बाँधिएको छ उसले उनीहरूलाई मायाको साथ विश्वास पनि गर्नुपर्छ । तर जब तपाईंले यो गर्नुहुन्न भने यसले तपाईंको पार्टनरको मनमा पनि शंका उब्जाउन सक्छ ।

सधैं फोनमा बिजी हुने

आजकल सामाजिक सञ्जालमा धेरै झुण्डिने बानीले हामीलाई समस्या सिर्जना गरिरहेको हुन सक्छ । हामी सबैलाई मोबाइल फोनमा टाँसिने एउटा विकल्प आधुनिक प्रविधिले दिएको छ । यसले गर्दा सम्बन्धमा फाटो आउन सक्छ । आफ्नो फोन वा ल्यापटपसँग दिनमा अधिक समय खर्च गर्ने र बेलुका पनि घरमा गएर मोबाइलमा नै झुम्मिने बानी छ भने यो विवाहपछिको सम्बन्धको लागि समस्याग्रस्त हुन सक्छ ।

धेरै व्यक्तिहरू हुन्छन् जो विवाहपछि उनीहरूका साथीहरूलाई समय नदिई फोनसँग बढी समय बिताउँछन् । जसको कारण उनीहरूको सम्बन्धमा तिक्तता सुरु हुन्छ । यस्तो तिक्ततालाई सुधार गरियो भने यसले गम्भीर अवस्थामा सिर्जना गर्न सक्छ । त्यसैले विवाह गरेपछि सम्बन्धलाई सुमधुर बनाउने योजना छ भने माथि उल्लेखित विषयलाई समयमा नै सुधार गर्दै लैजानु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्