५ जेष्ठ २०८१, शनिबार

 

फुलमुन बचत तथा ऋण सहकारीको ९ औं वार्षिक साधारण सभा

फुलमुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष खण्डेश्वर सापकोटाको अध्यक्षतामा ९ औं वार्षिक साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भएको हो ।

साधारण सभामा संस्थाका सेयर सदस्यहरुसँग साना उद्योगलाई उत्पादशील क्षेत्रसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल गरिएको छ ।

शनिबार भएको संस्थाको साधारणसभामा कार्यसमिति सदस्य देविप्रसाद कँडेल, सेयर सदस्य डा. मणि गौतम, माधव खरेल कानुनी सल्लाहकार शिव प्रसाद कँडेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

लेखा समितिको संयोजक चन्द्र कँडेलले लेखा सम्बन्धी संस्थाका सेयर सदस्यलाई प्रष्टाएका थिए । यस्तै, ऋण समितिका संयोजक यमलाल कँडेलले संस्थाको ऋण र बजारको अवस्था बारेमा जानकारी गराएका थिए ।

साधारणसभामा कार्यसमिति सदस्य देविप्रसाद कँडेलको स्वागत र सचिव मनहरी कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो । कुल २ करोड ३२ लाख पुँजी रहेको सहकारीमा ५६ जना सयेर सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्