६ जेष्ठ २०८१, आईतवार

 

जिल्ला वचत तथा ऋण सहकारी संघको नवौ वार्षिक साधारण सभा सम्पन्न

बागलुङ जिल्ला वचत तथा ऋण सहकारी संघ बागलुङको नवौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभामा वोल्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले जनताको आर्थिक स्तरमा परिवर्तन ल्याउनका लागि सहकारीहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

जनताको जीवनलाई आर्थिक रुपमा सहज बनाउन सहकारीहरु लागि पर्नुपर्ने बताएका छन् । कार्यक्रममा सहभागीको तर्फ वाट कालिका महिला साकोसका अध्यक्ष पिंगला जिसीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

साधारण सभाको अवसरमा संघमा उत्कृष्ट नियमित कारोवार गर्ने धौलागिरी आत्मनिर्भर वचत तथा ऋण सहकारी र उत्कृष्ट ऋण कारोवार गर्ने संकल्प वचत तथा ऋण सहकारीलाई सम्मान गरिएको थियो ।

सो अवसरमा सिवाईसी वचत तथा ऋण सहकारी सस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले सहकारी व्यवस्थापन तथा जोखिमका वारेमा प्रशिक्षण दिनु भएको थियो ।

चालु आर्थिक वर्षमा संघको शेयर पूँजी ३२ लाख १० हजार, निक्षेप संकलन ६ करोड ९५ लाख, ३ सय ५५ र ऋण लगानी ९९ लाख ९७ जार २ सय ७७ रहेको संघले जनाएको छ ।

साधारण सभाले सचिव ऋषिराम गौतमको प्रगति प्रतिवेदन कोषाध्यक्ष लिलादेवी खड्काको आर्थिक र लेखा समितिका संयोजक महेन्द्रसिंह रायमाझिले प्रस्तुत गर्नु भएको लेखा प्रतिवेदन सर्वसम्मत रुपमा पारित भएको छ ।

संघका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षता उपाध्यक्ष गणेश खत्रीको स्वगत र सहसचिव वीर वहादुर किसानको संचालनमा सम्पन्न भएको थियो ।

संघमा जिल्लाका ९६ वटा सहकारी आवद्ध रहेका छन् । जिल्ला भित्रका सहकारी संघ,संस्थाहरुको विकास तथा प्रवद्र्वन गर्ने, आफ्ना सदस्य÷संस्थाहरुको व्यवसायिक तथा आर्थिक विकासका लागि सहयोग गर्ने, सदस्य संघ,संस्थाहरु बीच समन्वयन कायम गर्ने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्