६ जेष्ठ २०८१, आईतवार

 

सिवाईसीको १३ औं सदस्य सेवा केन्द्र तमानखोलामा

बागलुङको सिवाईसी बचत तथा ऋण सहकारी सस्थाले जिल्लाको तमानखोला गाउँपालिकामा सदस्य सेवा केन्द्र स्थापना गरेको छ । तमानखोलाका नागरिकलाई वित्तिय पहुच पु¥याउन गाउँपालिकाको केन्द्र बोङगादोभानमा सदस्य सेवाकेन्द्र स्थापना गरिएको हो ।

साविक धौलागिरि अञ्चल कार्यक्षेत्र रहेको सहकारीले बागलुङका सबै स्थानीय तहमा सेवा पु¥याउने उद्देश्यले १३ औ सदस्य केन्द्र तमानखोलामा स्थापना गरेको छ । सदस्य सेवाकेन्द्रको उद्घाटन गर्दै गाउपालिकाका अध्यक्ष जोकलाल बुढाले वाकसमा भएको पुँजी चलायमान गराउन सके मात्रै आर्थिक उन्नति हुने बताएका छन् ।

पैसा गोजी र वाकसमा राखेर मात्रै धनी बन्न नसक्ने भन्दै पुँजीलाई चलायमान बनाउँदै आर्थिक उन्नतिमा लाग्नुपर्नेमा जोड दिए । काम गर्ने इच्छा शक्ति भएमा अबको दिनमा पुँजीको अभाव नहुने बताए ।

सिवाईसी बचत तथा ऋण सहकारीका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा तमानखोला गाउपालिका वडा नम्वर १ का वडाध्यक्ष थमबहादुर रोका, वडा नम्बर ५ का वडाध्यक्ष हिराबहादुर सिर्पाली, सिवाईसी बचत तथा ऋण सहकारीका सञ्चालन समिति सदस्य मेषलाल शर्मा, पत्रकार महासंघका पूर्व अध्यक्ष तथा सहकारीका सञ्चार उपसमिति सदस्य राजेशचन्द्र राजभण्डारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

सिवाईसी बचत तथा ऋण सहकारी संस्था तमानखोला सदस्य सेवा केन्द्र सञ्चालन सथा व्यवस्थापन उपसमितिका चूडामणि छन्त्यालले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन सचिव ध्रुर्व शेरचनले गरेका थिए ।

सहकारीले यही माघ महिना भित्र पर्वत, म्याग्दीमा समेत सेवा केन्द्र विस्तार गर्ने जनाएको छ । चालु आर्थिक वर्षमा ३ जिल्लाका १९ स्थानमा सेवाकेन्द्र विस्तार गर्ने तयारी गरेको छ ।

धौलागिरि अञ्चललाई कार्य क्षेत्र बनाइ अहिलेसम्म ३० वटा सहकारीबीच एकीकरण गरिसकेको सहकारीले स्वदेश मै काम गर्ने युवा जनशक्तिलाई सहुलियत दरमा ऋण प्रवाह गरिरहेको सहकारीका अध्यक्ष पौडेलले बताए ।

सहकारीमा दोहोरो सदस्यताको अन्त्य गरी सहकारीमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्दै एक सक्षम र सवल सहकारी स्थापना गरी सदस्यलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यका साथ एकिकरण अभियानलाई तिब्रता दिएको हो ।

सहकारीमा १३ हजार २ सय जना शेयर सदस्य, २३ करोड ३० लाख शेयर पुँजी र कुल पुँजी तथा दायित्व १ अर्ब ७० करोड पुगेको छ । कुल बचत १ अर्ब २६ करोड रहेको सस्थाको लगानीमा रहेको ऋण ९७ करोड २९ लाख छ भने सहकारीको सस्थागत पुँजी ७ करोड रहेको सस्थाका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले बताए ।

६३ जना कर्मचारी मार्फत १३ ठाउँबाट सेवा दिन सुरु गरेको छ । सहकारीले १९ प्रकारका बचत सुविधा, १९ प्रकारका ऋण सुविधा दिँदै आएको यो सहकारीले ३६५ दिन नै सदस्यलाई सेवा प्रदान गर्ने गरेको छ । एटिएम ,मोवाईल बैकिङ, इटेलर, क्युआर कोड मिस्डकल बैंकिङ, ट्यावलेट बैकिंङ, रेमिट्न्स लगायतका डिजिटल प्रविधिबाट समेत सदस्यलाई सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्