२९ बैशाख २०८२, सोमबार

 

राष्ट्रिय आविष्कार केन्द्रलाई प्रत्यक्ष दृष्टि नेपालको सहयोग

प्रत्यक्ष दृष्टि नेपालले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् ।प्रत्यक्ष दृष्टि नेपालका कोषाध्यक्ष किस्मत जंग राजभण्डारीले केन्द्रका सञ्चालक महावीर पुनलाई २५ हजार रुपैयाँ हस्तान्तरण गरे ।

आफ्नो गाउँको विकास गरी आविष्कार केन्द्रमार्फत देशकै मुहार फेर्न लागिपरेका पुनको अभियानमा सघाउन पाउँदा खुसी लागेको राजभण्डारीले नयाँ विश्वलाई बताए ।

‘नेपाली युवा वैज्ञानिकहरूको प्रतिभालाई उपयुक्त मञ्च दिएर उपभोक्तालाई आवश्यक सामग्री आविष्कार र उत्पादन गर्ने लक्ष्यसहित देशको मुहार फेर्न लागेका पुनलाई सानो सहयोग मात्र गरेका हुँ, भविष्यमा पनि सहयोग गर्ने छु’ प्रत्यक्ष दृष्टि नेपालका अध्यक्ष श्याम प्रसाद श्रेष्ठले नयाँ विश्वलाई भने ।

प्रत्यक्ष दृष्टि नेपालले विगतदेखि नै शैक्षिक, सामाजिक र मानवीय क्षेत्रमा सहयोग गर्दै आएको छ ।‘हामीले सहयोग चाहिएको आवश्यक क्षेत्रको पहिचान गर्दै सहयोग गर्दै आएका छौं’ अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung