३ श्रावण २०८३, आईतवार

 

आलियाले बिक्नीसहितकाे तस्बिर पोष्ट गरेपछि…..

बलिउड फिल्ममेकर अनुराग कायश्पकी छोरी यतिबेला चर्चामा छिन्। इनस्टाग्राममा एउटा तस्बिर पोष्ट गरेपछि उनको चर्चा बढेको छ। तर उनको चर्चा पोजेटिभ वे नभएर नेगेटिभ वेमा भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिक्नी तस्बिर पोष्ट गरेपछि अनुरागकी छोरी आलिया कायश्पलाई बलात्कार गरिदिने धम्की आएको उनले उल्लेख गरेकी छन्।

सामाजिक सञ्जालमार्फत् उनले तस्बिर पोष्ट गरेकै कारण कसैले बलात्कार गर्छु भन्नु अपराधिक मनस्थितिको पराकास्टा रहेको उनले बताएकी छन् ।

‘पछिल्ला केही हप्तादेखि म मानसिकरुपमा अस्वस्थ बनेकी छु। मैले पोष्ट गरेको तस्बिरकै कारण मलाई फोहोरी शब्द प्रयोग गरेर गालीगलौज गर्नु, बलत्कार गरिदिन्छु भन्दै धम्की दिनेलगायत कारणले म शोषणको शिकार भएको महसुस गरेकी छु। यस्ता सँस्कृतिले बलात्कार गर्नेहरुको मनोबल झनै बढ्नेछ,’ उनले लेखेकी छन्।

त्यसैले यस्ता कमेन्ट लेख्ने, महिला भएकै कारण ‘ह्यारेस’ गर्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने उनले बताइन्।

उनले लेखेकी छन् ‘मलाई सामाजिक सञ्जालमा फलो गर्ने वा नगर्ने सबैको व्यक्तिगत हक छ। उनीहरुलाई मन पर्दैन भने मलाई अनफलो गर्न सक्नेछन्, न कि बलात्कार गरिदिने, ट्रोल बनाइदिने धम्की दिन। त्यस्ता मानसिकताका मान्छेहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ’

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung