६ जेष्ठ २०८१, आईतवार

 

महिला हित र श्रृजना महिला विकास सहकारीबीच अनुभव आदान–प्रदान

बागलुङको महिला हित बचत तथा ऋृण सहकारि संस्था र श्रृजना महिला विकास वचत तथा ऋण सहकारीबीच अनुभव आदान –प्रदान एवम् अन्तरक्रिया गरिएको छ ।

महिला हित बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष लिला देवि खड्काको अध्यक्षतामा सम्पन्न अन्तक्रियामा दुवै संस्थाको अनुभव आदान–प्रदान गरिएको थियो । सोही अवसरमा महिला हित सहकारीको निर्माणाधीन भवन र कार्यालयको अवलोकन गरिएको थियो ।

अन्तरक्रियामा संस्थाका गतिविधिहरुलाई प्रोजेक्टरको माध्यमबाट प्रस्तुत गरिएको थियो । नेफस्कुनका केन्द्रीय सदस्य कमला गिरि र श्रृजना महिला विकास बचत सहकारीका अध्यक्ष पवित्रा केसी ले धन्यवाद मन्तव्य व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा  महिला हित सहकारीका उपाध्यक्ष लक्ष्मी केसीकाे स्वागत मन्तव्य र कार्यक्रम संचालन सचिव सावित्री केसीले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्