५ जेष्ठ २०८१, शनिबार

 

परमान्नद स्मृति बहुउद्देश्य सहकारीको अध्यक्षमा कँडेल

जिल्लाको काँठेखोला गाउँपालिका–६ मा रहेको परमान्नद स्मृति बहुउद्देश्य सहकारी संस्था बिहुँकोटको अध्यक्षमा डिलप्रसाद कँडेल चयन भएका छन् । सहकारीको साधारणसभाले अध्यक्षमा डिलप्रसाद कँडेल, उपाध्यक्ष गौरिशंकर सुवेदी, सचिव कृष्णप्रसाद कँडेल, सहसचिव खगराज कँडेल र कोषाध्यक्ष चन्द्रिश्वर कँडेललाई चयन गरेको हो ।

जस्को सदस्यमा शान्ति सापकोटा, लिलावति सापकोटा, वेदप्रसाद कँडेल, पु्ष्पा कँडेल, कोपिला सुवेदी सापकोटा रहेका छन् ।

लेखा समिति संयोजक नारायणप्रसाद कँडेल र सदस्यमा टिकराम कँडेल चयन भएका छन् । यस्तै सहकारीले अन्तराष्ट्रिय समन्वयन उप समिति गठन गरेको छ । जापानमा रहेका टिकाराम कँडेलको संयोजकमा उपसमिति गठन गरिएको छ ।

जसको सदस्यमा प्रकाश कँडेल (अमेरीका) दिपक कँडेल (जापान ) राजन कँडेल (बेलायत) लक्ष्मण सुवेदी (जापान) प्रेमप्रसाद कँडेल (जापान) तोयनाथ रिजाल (जापान) भीम कँडेल (जापान) र रामु कँडेल (जापान) रहेका छन् ।

संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सचिव कँडेलले कृषि तथा व्यवसायिक लगानि गर्न तर्फ सोचिरहेको केही दिनमा कारोबार सुरु गर्ने बताए ।

साधारण सभामा ४४ जना सेयर सदस्य थपिएकाले सेयर सदस्य बन्न धेरै इच्छुक देखिएको र त्यसको कार्यक्षेत्र बढाइने बताए ।

कोषाध्यक्ष चन्द्रिश्वर कँडेलले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदन अनुसार ५ महिना अवधिमै ३७१ जना सेयर सदस्य रहेको सहकारीको कुल सेयर पुँजी पाँच करोड पच्पन्न लाख उन्नाईस हजार रहेको छ ।

संस्थाको कुल आम्दानी ९ लाख ८१ हजार ८ सय २८ रुपैयाँ र खर्च ६ लाख २५ हजार ८ सय ५ रुपैयाँ रहेको छ । कार्यक्रममा पूर्व सांसद टंकप्रसाद कँडेलको प्रमुखआथित्याता रहेको थियो ।

साधारणसभामा उपाध्यक्ष गौरिशंकर सुवेदीको स्वागत, डिलप्रसाद कँडेल अध्यक्षता र सचिव कृष्णप्रसाद कँडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्