८ जेष्ठ २०८१, मंगलवार

 

‘कालिपुरुष’को नाम परिवर्तन

फिल्म ‘कालिपुरुष’को नाम परिवर्तन भएको छ । छायाँकनमा जाने तयारीमा रहेको फिल्मको नाम ‘कालिपुरुष’बाट परिवर्तन गरेर ‘ए साथी सुन’ राखिएको निर्माण युनिटले जनाएको छ ।

राम राघव आचार्यको निर्देशन रहने फिल्ममा केही अगाडि अभिनेत्री वर्षा सिवाकोटी अनुबन्धित भएकी थिइन् । फिल्ममा वर्षाको अलवा रमेश बानियाँको समेत मुख्य भूमिका रहनेछ ।

सस्पेन्स थ्रीलर बिषयमा निर्माण हुन लागेको फिल्म विना कार्कीको लगानीमा बन्न लागेको हो । फिल्मको छायाँकन धरानमा हुने बताइएको छ ।

फिल्म छायांकन सुरु हुनै लाग्दा अभिनेत्री बर्षा भने अहिले दुबई पुगेकी छन् । उनी ब्यवसायको सिलसिलामा त्यहाँ पुगेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्