८ जेष्ठ २०८१, मंगलवार

 

युवतीहरुको यौन सम्बन्ध

यौन जीवन कुनै पनि सम्बन्धमा ठूलो बदलाव भएर आउँछ । इमोसनका साथै जोडीबीचको सम्बन्धलाई समेत प्रभावित पार्छ । तर, यसको असर यसैमा अन्त्य हुँदैन । यौन सम्बन्ध सुरु गरेपछि युवतीहरूको शरीरमा केही परिवर्तन देखिन्छ ।

हर्मोनमा परिवर्तन
सेक्सपछि पुरुषको तुलनामा महिलाको शरीरमा अक्सिटोसिन र डोपामाइन हर्मोन उत्पादन हुन्छ । यसले महिलाको इमोसनका साथै व्यवहारमा पनि परिवर्तन आउँछ । यो असर केही समयका लागि नभएर विस्तारै विस्तारै व्यक्तित्वमा समेत असर पार्छ ।

आत्मविश्वास
यौन सम्बन्धको सुरुवातपछि महिलाहरू आफ्नो शरीरलाई लिएर आत्मविश्वास पनि बढ्छ । यौनसाथीले महिलाका हरेक कुरालाई प्रेम गरेमा महिलामा बढी आत्मविश्वास पैदा हुन्छ ।

भावनात्मक संवेदनशील
यौन सम्बन्धको सुरुवातपछि जोडीहरूको सम्बन्धमा नयाँ सुरुवात हुन्छ र नयाँ चरणमा प्रवेश गर्छन् । यसको असर खासगरी महिलामा बढी पर्छ । किनकि महिलाका लागि यौन सम्बन्धले अलग अर्थ राख्दछ । त्यसैले यौन सम्बन्धमा प्रवेश गरेका महिलाहरू आफ्नो यौन साथीको विषयमा भावनात्मक रूपमा बढी संवेदनशील बन्छन् ।

स्तनको फर्म र आकार
यौन सम्बन्धपछि महिलाको स्तनको आकार बढ्न थाल्छ । यस्तो हर्मोनमा आउने परिवर्तनका कारण हुन्छ । तर, सबैमा यस्तो हुन्छ भन्ने होइन । यौन सम्बन्धका क्रममा स्तनले निश्चित आकार र स्थान लिन्छ । तर, यो क्रम सधैँका लागि नभएर यौन सम्बन्धपछि मानसिक परिवर्तन भएसँगै यो हराउँछ ।

यौनीमा परिवर्तन
यौन क्रियाकलापको सुरुवातपछि महिलाले योनीमा परिवर्तन भएको महसुस गर्छन् । यौन सम्बन्धका कारण हुने बडी रियाक्सनका कारण यस्तो हुन्छ । यही कारण यौन सम्बन्धपछि योनीको आकार बढ्छ ।

प्रतिक्रिया दिनुहोस्