तीव्र खबरदारी र विरोधसँगै २०७७ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर भयो । तर फागुन २३ मा नेकपाको एकतालाई पुरानै दुई पार्टीमा फर्काउने गरी अर्को फैसला आएपछि राष्ट्रिय राजनीति फरक दिशातिर मोडिएको छ ।
दुई ठूला पार्टी माओवादी केन्द्र र एमालेबीच एकता भएसँगै नेपाल कम्युनिस्ट पार्टी झन्डै दुई तिहाइ बहुमतसहित सत्तारूढ हुन पुग्यो । नयाँ संविधान जारी भएपछिको यो पहिलो जननिर्वाचित सरकारमार्फत नागरिकले युगान्तकारी परिवर्तन, राजनीतिक स्थायित्व, सुशासनसहितको विकास, आर्थिक समृद्धिको आधार निर्माण हुने अपेक्षा गरेका थिए ।
तर नेकपाले समयको माग अनि परिवर्तित परिस्थिति बुझेर आफ्नो आदर्श विचार, मूल्य–मान्यता अनुरूप निःस्वार्थ तरिकाले जनताको सेवा, राष्ट्रको नेतृत्व गर्न नसक्दा परिणाम जटिल मोडमा पुगेको छ ।
अहिलेको सन्दर्भमा सेतो र कालो बिरालोमा कुन राम्रो भन्ने बहसभन्दा पनि कसले कति धेरै मुसो मा¥यो भन्ने कुरा प्रमुख हुन्छ । पछिल्लो समय नेकपाभित्रको छलफल, बहसलाई झगडाको मुख्य कारण देखाई प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते कसैले पनि कल्पना गर्न नसक्ने गरी प्रतिनिधिसभा विघटन गर्दै जनभावनाविपरीतका कदम सुरु गरेपछि मुलुकमा राजनीतिक अस्थिरता मात्र पैदा भएन, विभिन्न राजनीतिक संघर्षबाट प्राप्त उपलब्धि पनि गुम्दै जाने परिवेश बनेको छ ।
तीव्र खबरदारी र विरोधसँगै २०७७ फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर भयो । तर फागुन २३ मा नेकपाको एकतालाई पुरानै दुई पार्टीमा फर्काउने गरी अर्को फैसला आएपछि राष्ट्रिय राजनीति फरक दिशातिर मोडिएको छ ।
देशमा अहिले पनि नयाँ संविधान कार्यान्वयनको चरणमा छ । संघ, प्रदेश र स्थानीय तहका कानुन निर्माण भइनसकेका कारण जनताको अपेक्षा र समाजको आवश्यकताअनुसार सरकारका कामले गति लिन सकेका छैनन् ।
संसद् विघटन र पुनःस्थापनापछिको खेलले मुलुकको भाग्य र भविष्यको फैसला गर्ने नीति निर्माण गर्ने थलोमै घुमाउरो तरिकाले अंकुश लागिरहेको छ । लोकतन्त्र अनि राजनीतिक अधिकारको खिल्ली उडाउने काम भएको छ । परिवर्तित एजेन्डा र मुलुकको विकासबारे बहस हुने वातावरण बन्न सकेको छैन ।
आज मुलुकका लागि सिंगापुर निर्माता ली क्वान यू, मलेसियाको विकासका सूत्रधार मोहम्मद महाथिरको जस्तो नवीनतम सोच र कार्यशैली भएको राजनीतिक नेतृत्वको अपेक्षा छ ।
आज मुलुकले समृद्धि हासिल गर्ने, जनताका चाहना र प्राथमिकताका विषय र सिद्धान्त–विचारलाई स्थापित गर्नेभन्दा आफ्नो स्वार्थअनुकूल कार्य गर्ने; सत्ता र शक्तिको आडमा सत्य कुरालाई पनि बंग्याउने; अप्रमाणित गर्न खोज्ने संस्कार र सोच नै मुलुकको विकासको बाधक हो भन्ने कुरामा हामी भ्रममा पर्न हुँदैन किनभने यो कुरा वर्तमान राजनीतिक घटनाक्रमले पुष्टि गर्दै गइरहेको छ ।
संविधानको मूल मर्म संघीयता, गणतन्त्र, धर्मनिरपेक्षतालाई स्थापित गर्दै राज्यका हरेक निकायमा पछाडि परेका वर्ग, क्षेत्र, लिंग समुदायलाई समवेश गराई सामाजिक न्यायसहितको समाजवाद–उन्मुख अर्थतन्त्रको जग बसाल्दै जानु हो ।
त्यसको अर्थ उत्पादन बढाउने, धेरै मान्छेलाई धनी र सुखी बनाउँदै लैजाने, गरिबी घटाउने, भौतिक विकासमा जनताको सहभागिता, यसको अपनत्व, विचारमा वादविवाद र संवाद पैदा गरी राष्ट्रिय एकता कायम गर्नु हो । तर पार्टीे नेतृत्वहरू सत्ता र शक्तिमा पुगिसकेपछि किन नवीनतम सोच–विचारसहित यस्तो खालको राजनीतिक नेतृत्व लिन असफल भइरहेका छन् ? समीक्षा गर्न जरुरी छ ।
यसो हुनुमा मुख्य कारण नेपालमा थुप्रै राजनीतिक परिवर्तन भए तर राजनीतिक नेतृत्वको चिन्तन, सोच, कार्यशैली अहिलेको परिस्थितिअनुसार रूपान्तरण हुन सकेन । आज मुलुकका लागि सिंगापुर निर्माता ली क्वान यू, मलेसियाको विकासका सूत्रधार मोहम्मद महाथिरको जस्तो नवीनतम सोच र कार्यशैली भएको राजनीतिक नेतृत्वको अपेक्षा छ । तर हाम्रो राजनीतिक नेतृत्व पुरानै सोच–विचारमा रमाउने, समाज विकासका लागि असफल भइसकेको सामन्ती दलाल नोकरशाही कार्यशैलीबाट माथि उठ्न नसक्ने प्रवृत्तिमा लिप्त देखिन्छ ।
यस्तो प्रवृत्तिले न समयको प्रवाहलाई सही तरिकाले समात्न सक्छ न त परिस्थितिअनुसार रूपान्तरण हुन चाहन्छ । बरु ठूलो र फराकिलो घेरामा भन्दा सानो निश्चित घेरामा बस्न रुचाउँछ । वर्गीय पक्षधरतालाई छोड्छ ।
सत्ता र शक्तिमा पुगेपछि आफ्नो पार्टीको आदेश, विचार, विधि र पद्धतिलाई बेवास्ता गर्न पुग्छ । सरकार सञ्चालनका लागि पार्टी एउटा बल हो । पार्टीले लिने नीति–सिद्धान्त नै सरकारको सफलता वा असफलताको कारक हो भन्ने सत्य ग्रहण गर्न नचाहनु अहिलेको नेतृत्वको समस्या हो ।
परिवर्तित समाजमा मान्छेको मनोविज्ञान परिस्थितिअनुसार परिवर्तन भइरहन्छ । सोहीअनुसार अपेक्षा र आवश्यकता पनि बढ्दै जान्छन् । यो मनोविज्ञान सही तरिकाले बुझ्न/बुझाउन नसक्नु अर्को समस्या हो ।
संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताजस्ता राजनीतिक उपलब्धि संस्थागत गर्न विचारको सर्जक एउटा तर कार्यान्वयनमा अर्को हुँदा पनि यो परिस्थिति जन्मिएको हो । त्यो नीति–विचारअनुसारको नेतृत्व नै छैन ।
त्यसैले यस्तो परिस्थितिबाट देश र समाजलाई मुक्त गर्न परिवर्तनकारी शक्तिहरू एकठाउँ हुनुको विकल्प छैन । टुक्रा–टुक्रामा विभाजित कम्युनिस्टहरूका नाङ्ले पसलहरू एकीकृत हुन जरुरी छ ।
नेतृत्व भनेको समस्या होइन, समाधान हो । जहाँ बाधा–अवरोध आउँछ, यसलाई समातेर बस्ने होइन, तदारुकताका साथ फुकाउने प्रयत्न गर्नु नै सफल नेतृत्व हो । यो संसारमा यस्ता अवसर विरलै प्राप्त हुने गर्छन्, चेतना भया !
संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशिताजस्ता राजनीतिक उपलब्धि संस्थागत गर्न विचारको सर्जक एउटा तर कार्यान्वयनमा अर्को हुँदा पनि यो परिस्थिति जन्मिएको हो । त्यो नीति–विचारअनुसारको नेतृत्व नै छैन ।



















































































































































































































