५ जेष्ठ २०८१, शनिबार

 

महिला हित सहकारीद्वारा अन्तरक्रिया

‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मुल नाराका साथ महिला हित सहकारीले अन्तरक्रिया गरेको छ । सहकारी दिवसको अवसर सहकारीले शुक्रबार युवा महिला सदस्यसँग अन्तरक्रिया गरेको हो  ।

महिला हित सहकारीका अध्यक्ष लिलादेवि  खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिका–३ का जेष्ठ शेयर सदस्य खिमकुमारी खड्काले विरुवामा जल सेचन गरी कार्यक्रमको उद्घाटन गरेकी थिइन् ।

अन्तरक्रियामा ३५ जना युवा महिलाले भाग लिएका थिए । कार्यक्रममा लिला देवि  खड्काको अध्यक्षता, दुर्नकला शर्माको स्वागत र चन्द्रा कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्