५ जेष्ठ २०८१, शनिबार

 

महिला हित सहकारीको वार्षिक समिक्षा एवम् कार्ययोजना गोष्टी सम्पन्न

बागलुङको महिला हित बचत तथा ऋण सहकारीले बार्षिक समिक्षा एवम् कार्ययोजना गोष्टी सम्पन्न गरेको छ । मंगलबार बागलुङ बजारमा सम्पन्न वार्षिक समिक्षा एवम् कार्ययोजना गोष्टीमा संस्थाले आर्थिक वर्षमा गर्ने कार्ययोजना र संस्थाको प्रगतिको विषयमा छलफल गरिएको छ ।

सहकारीले सेयर सदस्यबीचमा छुवाछुतविरुद्धको अभियान सञ्चालन गरी छुवाछुत मुक्त समाज निर्माणमा सहयोग पुर्याउने उद्देश्यसहित अभियान सञ्चालन गर्ने सहकारीकी अध्यक्ष लिलादेवि खड्काले जानकारी दिइन् ।

उनका अनुसार सहकारीले महिलाको स्वास्थ्य परीक्षण तथा परामर्श एवम् सञ्चालक समितिका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि तालिमको आयोजना गरिने छ ।

कुल २ करोड ५८ लाख कुल पुँजी भएको सहकारीमा एक हजार १ सय १४ जना सेयर सदस्यहरु रहेका छन् । सहकारीले सयेर सदस्यलाई कानुनी साक्षरता कार्यक्रम पनि गर्ने भएको छ ।

साक्षरता कार्यक्रममा सञ्चालक समितिका सदस्य चण्डिप्रसाद शर्माको प्रमुख आथित्यता रहेको गोष्टीमा सहकारी अध्यक्ष लिलादेवि खड्काको अध्यक्षता, उपाध्यक्ष लक्ष्मीदेवि जिसीको स्वागत र सचिव सावित्री केसीको सञ्चालनमा सम्पन्न भएको थियो । गोष्टीमा बागलुङ नगरपालिका–३ की वडाध्यक्ष लक्ष्मी बाँस्कोटा र सकुन्तला शर्माले प्रशिक्षण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्