२४ बैशाख २०८१, सोमबार

 

कर्मचारीलाई कोरोना देखिएपछि प्रभु बैंक शाखा बागलुङ बन्द

प्रभु बैंक शाखा कार्यालय बागलुङका एक कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि सेवा बन्द भएको छ । बिहीबार सार्वजनिक भएको रिपोर्ट अनुसार बैंकको काउन्टरमा कार्यरत एक कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द भएको हो ।

शाखा कार्यालयका प्रमुख लक्ष्मीप्रसाद पौडेलका अनुसार कर्मचारीलाई कोरोना पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा भएको एक्सटेन्सन काउन्टर पनि बन्द गरिएको छ ।

‘कर्मचारीलाई कोरोना देखिएपछि हामी स्वाब परीक्षणमा छौं,’ शाखा प्रमुख पौडेलले भने, ‘परीक्षणको रिपोर्ट आएपछि मात्रै बैंक र एक्सटेन्स काउन्टर सञ्चालन गछौं ।’संक्रमित कर्मचारी होम आइसोलेनसमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्