१६ बैशाख २०८१, आईतवार

 

८१ वर्षअघि सिन्ह्वाले गुफाबाट यसरी पठाएको थियो विश्वलाई चिनियाँ जनयुद्धको खबर

( चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा चाइना डेलीले ‘एक सय दिनमा एक सय चिनियाँ कम्युनिस्ट पार्टीका कथा’ को श्रृङ्खला चलाइरहेको ।सो श्रृङ्खलाअन्तर्गत चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास भोगेका र सहभागी भएका विदेशीहरूको जीवन परिचय समावेश छ । उनीहरूको जीवनकथाले चिनियाँ कम्युनिस्ट पार्टीलाई बुझ्न मद्दत पुग्ने आशा गरिएको छ । सोही शृङ्खलाअन्तर्गतको आलेख प्रस्तुत छ । )भाग एक…………………………

सन् १९४४ को सेप्टेम्बर १ मा येनानको छिङलियाङ पहाडको एउटा गुफाबाट सिन्ह्वा समाचार संस्थाले आफ्नो पहिलो अङ्ग्रेजी भाषाको बुलेटिन संसारभर पठायो ।

त्यस बुलेटिनमा चीनको कम्युनिस्ट पार्टीले नेतृत्व गरेको आठौँ मार्ग सेना, नयाँ चौथो सेना र जापानविरोधी आधार क्षेत्रका समाचार छापिएका थिए ।

त्यही दिनदेखि संसारले चिनियाँ कम्युनिस्ट पार्टीको आवाज सुन्न थालेको हो । यो अभूतपूर्व कामको पछाडि ‘विदेशी अनुहार’ भएका चिनियाँ कम्युनिस्ट पार्टीका एक जना सदस्यको कडा मिहिनेत थियो । विदेशी अनुहार भएका चिनियाँ कम्युनिस्ट पार्टीका उनी थिए, इजरायल इप्स्टिन ।

पोल्यान्डको वार्सामा सन् १९१५ मा इप्स्टिनको जन्म भएको थियो । उनी यहुदी थिए । उनी दुई वर्षको छँदा उनको परिवार चीनमा बसाइ सरेको थियो ।

चीनको तान्जिनमा आफ्नो बाल्यकालको स्मरण गर्दै उनले लेखेका छन्, “म किशोर नै भइसकेको थिइनँ । चीनको जताततै युद्ध र भोकमरीमात्र व्याप्त थियो । त्यही भएर तान्जिनमा हाड र छालामात्र भएका फोहोरी शरणार्थीहरूको ओइरो लागेको थियो ।

कोही बलिन्द्र आँसु झार्दै खानको लागि केही माग्थे, कोही आफ्ना केटाकेटी किन्न अनुनय गरिरहेका हुन्थे । …जाडो महिनाको एक बिहान मेरो लागि अविस्मरणीय लाग्छ ।

…म त्यस्तै बा¥ह वर्षको केटो थिएँ । …ढोकामा एउटा जमिसकेको चिसो लास थुचुक्क बसेको थियो । कठ्याङग्रिंदो जाडो रातमा कतै ओत खोज्ने प्रयास गर्दागर्दै उनको प्राणपखेरु उडेको प्रस्ट देखिन्थ्यो ।” गरिब र कमजोर चीनले युवा इप्स्टिनको मन रुन्थ्यो ।

चीनका जनताले भोगिरहेका दुःखकष्ट देखेर उनलाई निद्रा पर्दैनथ्यो । त्यहीबेला उनले विचार गर्न थाले–चीनलाई यो अवस्थाबाट कसले निकाल्न सक्ला ? त्यस परिस्थितिमा आफ्नो जीवनको लक्ष्य के हुनुपर्छ ?

सन् १९३७ देखि १९३८ को मध्यमा इप्स्टिन साङ्घाई, नान्जिङ, उहान र चीनका अन्य विभिन्न सहरमा युनाइटेड प्रेस इन्टरनेसनल(यूपीआई)को प्रतिनिधिको रूपमा पुगे ।

सन् १९३८ को अप्रिलमा ताइअरच्वाङको लडाईँ ९त्जभ दबततभि या त्बष्भचशजगबलन० को समाचार सङ्कलन गर्न उनी लडाइँको मोर्चामा पुगे ।

त्यहाँ उनले आठौँ मार्ग सेना कसरी जनताको पक्षमा उभियो भन्ने कुरा आफ्नो आँखाअघि देखे । त्यहाँ मानिसहरू नागरिकको रूपमा आफ्नो अधिकार पूर्णतः उपयोग गरिरहेका थिए र आत्मसम्मानको जीवन व्यतीत गरिरहेको प्रत्यक्ष अनुभव गरे ।

चीनको त्यस्तो दृश्य यसअघि कहीं देखिएको थिएन । त्यसबाट चिनियाँ जनतामा आफ्नो देशको रक्षा गर्नु भनेको आफ्नो जमिन रक्षा गर्नु हो भन्ने कुरा बुझे । अनि मानिसहरू आठौँ मार्ग सेनाले बनाएका सैनिक सङ्गठनमा सामेल हुन हुरुक्कै भएर लागे ।

(अध्यक्ष माओसँग इप्स्टिनलगायत विदेशी पत्रकार )

सन् १९४४ को मे महिनामा इप्स्टिनले यूपीआईको प्रतिनिधिको रूपमा पहिलोपटक येनानको भूमिमा पाइला टेके । विदेशी पत्रकारहरूको प्रतिनिधिमण्डलमा सामेल भएर उनी त्यहाँ पुगेका थिए ।

येनान जाने क्रममा उनीहरू देखे, कोमिङताङको कडा नाकाबन्दीबीच पनि सीमावर्ती क्षेत्रमा सिपाहीं र गाउँलेहरूले ‘बृहत् उत्पादन अभियान’ लाई जोडतोडका साथ अघि बढाइरहेका थिए ।

उत्तरी शान्सी प्रान्तको बाँझो र उजाड जमिनलाई उर्वर कृषि भूमिमा रूपान्तरण गरिएको थियो । पत्रकारहरू सुनजस्तो पहेंलो गहुँ र कोदो बारी छिचोलेर अघि बढे ।

सिमी, कपास र अलसीका लहलह झुलेका बाला हेर्दै उनीहरू अघि बढेका थिए । सबै बालीनाली राम्ररी फलेका थिए । ३५९ औं ब्रिगेडका सैनिक अधिकारी र सिपाहीहरूको एउटा टोली ननिवनमा हातमा कुटो कोदाली बोकेर गीत गाउँदै खेत खनिरहेको दृश्य देखेपछि उनीहरू अझ बढी प्रभावित बने ।

उत्तरी शान्सी प्रान्तले आफूमाथि पारेको पहिलो प्रभावबारे उनले लेखे,“उत्तरी शान्सीको कुनै बेलाको उजाड भूमि सफल कृषि भूमि बनेको थियो । त्यहाँ असङ्ख्य गाईवस्तु र भेडा च्याङ्ग्रा थिए ।

हस्तकला उद्योगको विकास भइरहेको थियो । मानिसहरू कुनै पनि कुराको अभाव नभएको भरिपूर्ण जीवन बिताइरहेका थिए । सिपाही र जनता मिलेर बाँझो भूमिलाई उर्वर भूमि बनाइरहेका थिए ।

सिपाहीहरू गर्मी महिनामा खेतीपातीमा लाग्थे र जाडो महिनामा सैनिक तालिम गर्थे । उनीहरू स्थानीय किसानहरूलाई कति पनि दुःख र बोझ नदिई आफ्नो हातमुख जोड्ने व्यवस्था आफै गर्थे ।”

क्रमश…………………

( स्रोतः चाइना डेली,नेपाली अनुवादः सुमन,अनलाइन मजदुरबाट )

प्रतिक्रिया दिनुहोस्