२५ बैशाख २०८१, मंगलवार

 

बैकर्स बागलुङले कोरोना रोकथामको लागि अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग

धौलागिरि अस्पताललाई सात थान अक्सिजन सिलिन्डर सहयोगस्वरूप प्राप्त भएको छ । बैकर्स बागलुङले कोरोना संक्रमितको उपचार सहज बनाउन अक्सिजन सिलिन्डर उपलब्ध गराएको होे ।

बैकर्स  बागलुङमा आबद्ध भएका शाखा प्रबन्धक तथा कर्मचारीले सहयोग उठाएर अस्पताललाई १ लाख ४० हजार रुपैयाँको सात थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको प्राइम बैकको बागलुङ शाखाकी प्रबन्धक सपना शर्माले नयाँ विश्वलाई बताए ।

बैकर्सको तर्फबाट उक्त अक्सिजन सिलिन्डर शनिबार धौलागिरि अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी राना र मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेललाई बैकर्स  बागलुङका अध्यक्ष दिपक शर्माले हस्तान्तरण गरे ।

धौलागिरि अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि अस्पतालको अक्सिजन प्लान्टले नधानेपछि बाहिरबाट मगाउनु परेको छ । अहिले दैनिक एक सयभन्दा बढी अक्सिजन सिलिन्डर खपत भइरहेको अस्पतालले जनाएको छ ।

अक्सिजन नपाएर बिरामीको मृत्यु नहोस् भनेर अक्सिजन सिलिन्डर सहयोग गरिएको ग्रीन डेभलपमेन्ट र्बैक बागलुङ शाखाका प्रबन्धक सुदिप राजभण्डारीले बताए ।

कार्याक्रममा बैकर्सका अध्यक्ष दिपक शर्मा, धौलागिरि अस्पताल व्यवस्थापन समिति बागलुङका अध्यक्ष केबी राना र मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र पोखरेल मन्तव्य व्यक्त गरेका थिए ।

कार्याक्रमको सचालन ग्रीन डेभलपमेन्ट र्बैक बागलुङ शाखाका प्रबन्धक सुदिप राजभण्डारीले गरेका थिए । बागलुङमा २९ वटा बैंक क्रियाशिल छन् ।

प्रतिक्रिया दिनुहोस्